विद्या बालनले गरिन रिया चक्रवर्तीको समर्थन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विद्या बालनले गरिन रिया चक्रवर्तीको समर्थन



एजेन्सी- १४ जुनमा अभिनेता सुशान्त सिंह राजपुतको आफ्नै निवासमा मृत शरीर भेटिएको थियो । उनको आकस्मिक र दुखद निधन भएकोमा इडस्ट्री नै शोकमा डुबेको थियो । हाल सीबीआईले उनको केसको अनुसन्धान गरिरहेको छ र उनको कसैले नमारेको पुष्टि गरिसकेको छ ।

तर, मर्न उत्साहित गर्ने दुरुत्साहको विषय उठिरहेको छ जसमा मुख्य आरोपी रिया चक्रवर्ती हुन् । सुशान्तको निधन पछि रिया सामाजिक सञ्जालमा सिकार भएकी छिन् । उनलाई सबैले सुशान्तको मृत्यु भएकोमा जिम्मेवार मानेका छन् ।

रियाले दिएको एक अन्र्तर्वातामा आफ्नो दोष साबित नुहँदै सामाजिक सञ्जालले आफुमाथि गलत गरेको आरोप लगाएकी थिइन् । यसपछि भने उनको पक्षमा कलाकारहरु बोल्न थालेका छन् । बलिउड अभिनेत्री विद्या वालनले पनि यस विषयमा मुख खोलेकी छिन् । उनले सुशान्तको निधनबारे रियामाथि लागेका आरोप प्रमाणित नहुँदासम्म संविधानको सम्मान गरेर सामाजिक सञ्जालमा उनीमाथि दोष लगाउन नहुने स्पष्ट पारेकी छिन् ।

तेलगु अभिनेत्री लक्ष्मी मन्चुले ट्विटरमा रियाको पक्षमा पोस्ट गरेकोमा विद्या वालनले ‘ जोडले यो कुरा बोलेकोमा तिमीलाई भगवानले आर्शीवाद दिऊन् ।’ भन्दै प्रतिक्रिया दिएकी छिन् ।

बिद्या वालनले प्रतिक्रियामा रियालाई दोष प्रमाणित नहुँदासम्म उनी निर्दोष हुन् भन्दै अगाडि लेखेकी छिन्, ‘यो दुर्भाग्यशाली कुरा हो एक प्रिय स्टारको दुखद निधनमा मिडिया सर्कस बनेको छ । यसै गरेर रिया चक्रवर्तीलाई मिडियामा तिरस्कार गरेको देखेर मेरो हृदय टुटेको छ । ‘दोषी साबित हुँदा सम्म त उ निर्दोष हो वा निर्दोष प्रमाणित हुँदा सम्म दोष लगाउनु मिल्दैन । एक नागरिकको संवैधानिक अधिकारको सम्मान गरौ र कानुनलाई काम गर्न दिउ । ’

सीबीआईले रियाका माता पितासँग पनि सोधपुछ जारी राखेको छ । सोमबार रियालाई ९ घन्टासम्म सोधपुछ गरेको थियो । सुशान्तको पिता केके सिङले २५ जुलाईमा रिया र अन्य ५ जनाको विरुद्ध पटनामाउजुरी दिएका थिए । त्यसपछि बिहारको आग्रहमा यो केसलाई केन्द्र सरकारले सीबीआईलाई अनुसन्धान गर्न जिम्मा दिएको छ ।