थापाथली क्याम्पसमा प्रचण्ड–नेपाल समुहको विद्यार्थी भेला हुँदै - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

थापाथली क्याम्पसमा प्रचण्ड–नेपाल समुहको विद्यार्थी भेला हुँदै



काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद गहिरो बन्दै गएको बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधव कुमार नेपाल समूहले राजधानीमै छुट्टै भेला आयोजना गरेका छन् ।

ललितपुरको थापाथली क्याम्पसमा प्रचण्ड-नेपाल निकट विद्यार्थीहरूको भेला हुने भएको हो ।

शुक्रबार दिउसो हुने विद्यार्थीहरुको भेलालाई प्रचण्ड–नेपाल समूहका नेताहरुले सम्बोधन गर्ने बताइएको छ।

स्थायी कमिटि सदस्य तथा बागमती प्रदेश कमिटि इन्चार्ज अष्टलक्ष्मी शाक्य, स्थायी कमिटि सदस्य पम्फा भुसाल र केन्द्रीय सदस्य हरि पराजुलीले भेलालाई सम्वोधन गर्ने स्रोतले बताएको छ ।