विद्यासुन्दर पत्नीसंग स्पेन भ्रमणमा, उपमेयरलाई जानकारी छैन - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

विद्यासुन्दर पत्नीसंग स्पेन भ्रमणमा, उपमेयरलाई जानकारी छैन



काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पत्निसंग स्पेन भ्रमणमा निस्किएका छन् । शाक्य दम्पत्तिसँग महानगरका कार्यकारी अधिकृत धनीराम शर्मा पनि स्पेन प्रस्थान गरेको बताइएको छ ।

“स्पेनको राजधानी म्याड्रिड र काठमाडौंबीच भगिनी सम्बन्ध गाँस्ने कार्यक्रम रहेको छ,” काठमाडौं महानगरपालिका निर्देशक नमराज ढकालले भने, “मेयरज्यू कार्यकारी सरसहित सपत्नी म्याड्रिड सहर जानुभएको छ ।” मेयर शाक्य असोज ७ गते बेलुका नेपाल फर्किने कार्यक्रम रहेको निर्देशक ढकालले बताए ।

काठमाडौंकी उममेयर हरिप्रभा खड्गीले भने शाक्यको स्पेन भ्रमणको उद्देश्य र कार्यक्रमबारे आफूलाई कुनै जानकारी नभएको बताइन् । “मलाई आधिकारिक जानकारी नै नगराई उहाँ भ्रमणमा निस्किनु भयो,” उनले भनिन् ।

यसअघि मेयर शाक्य भदौ २३ गते नेपालका १० नगरपालिकाका मेयरसहित ७ दिने दक्षिण कोरिया भ्रमणमा निस्किएका थिए । स्मार्ट सिटीको छलफलका लागि रहेको उक्त भ्रमणको उपलब्धीबारे  काठमाडौं महानगरपालिकाले कुनै जानकारी दिएको छैन ।