बिग बोसविरुद्ध प्रदर्शन: सलमानको घरबाट २० जना पक्राउ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बिग बोसविरुद्ध प्रदर्शन: सलमानको घरबाट २० जना पक्राउ



एजेन्सी– भारतको चर्चित रियालिटी सो बिग बोसको १३ औं सिजन सुरु भएको दुई सातामात्र भएको छ । तर, यसको सुरुवात देखि नै भएको विवाद अझै मत्थर भएको छैन । अब त यो कार्यक्रमको विरोधमा अभिनेता सलमान खानको घरबाहिर समेत प्रदर्शन हुन थालेको छ । सलमानको घरबाहिर भएको प्रदर्शनमा २० जनाभन्दा धेरै पक्राउ परेका छन् ।

यो कार्यक्रममा आपत्तिजनक दृश्य देखाइएको भन्दै विरोध हुन थालेको हो । त्यसो त भारत सरकारले यो सोलाई प्रतिबन्ध लगाउन सक्ने सम्भावना पनि बढेको जनाइएको छ । कार्यक्रममा देखाइएका दृश्यहरु भारतीय संस्कृतिको विरुद्धमा भएको आवाज उठेको छ ।

भारतीय अनलाइन पोर्टल बलिउड हंगामाका अनुसार सलमान खानको घरबाहिर भएको प्रदर्शनबाट २० जना पक्राउ परेका हुन् ।