प्रचण्डकी बुहारी भारी मतले पराजित - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

प्रचण्डकी बुहारी भारी मतले पराजित



नेकपा माओवादी केन्द्रकी नेतृ बीना मगर कञ्चनपुर क्षेत्र नम्बर १ बाट पराजित भएकी छन् । मगर नेकपा एमालेका तारा लामा तामाङसँग पराजित भएका हुन् ।

बिना मगर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन् ।

एमालेका तामाङले २२ हजार ५३५ मतसहित निर्वाचित हुँदा मगरले १७ हजार ५७ मत पाएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

यो क्षेत्रमा उम्मेदवार बनेका नागरिक उन्मुक्ति पार्टीका नन्दकुमार रानाले ६ हजार ४१७ मत पाए ।