हिन्दू राज्य र राजाको पक्षमा किन नरम भए विजुक्छे ? - Himal Post Himal Post
  • ११ चैत्र २०७९, शनिबार
  •      Sat Mar 25 2023

हिन्दू राज्य र राजाको पक्षमा किन नरम भए विजुक्छे ?



काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपाली कांग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरेका छन् ।

रफत सञ्चार क्लब भक्तपुरको १३औँ वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा बोल्दै उनले प्रमुख प्रतिपक्ष दलले सरकारलाई समर्थन गर्ने कहीँ नभएको चलन कांग्रेसले ल्याएको आरोप लगाए ।

उनले भने, ‘प्रमुख प्रतिपक्ष दलले कहिल्यै सरकारलाई समर्थन गर्दैन, प्रमुख प्रतिपक्ष दल त छायाँ सरकारका रुपमा रहेर सरकारको गतिविधिलाई नियाल्नुपर्छ, सरकारका गलत कामलाई खबरदारी गर्ने, रोक्ने काम प्रतिपक्षको हो, सरकारको गलत कामलाई रोकेर देशलाई जोगाउने मुख्य जिम्मेवारी प्रमुख प्रतिपक्ष दलको हो, कांग्रेसले त्यो जिम्मेवारी छाडिदियो ।’

‘राप्रपाले हिन्दू राज्य र राजाको पक्षमा बोल्यो भन्दै संसद्मा सभामुखले रोक्नु गलत हो, संसद्मा बोल्न पाउनुपर्छ, चित्त नबुझेका कुरा जवाफ दिने हो, बोल्न रोक्न पाइँदैन,’ उनले भने ।