विकास ,राजनीति र युवा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

विकास ,राजनीति र युवा



विरेन्द्र महरा

विकास एक बहुआयामिक,बहुउद्देशीय,गतिशील एव सकारात्मक परिवर्तनको निरन्तर पकृया हो । जसले मानवीय , भौतिक लगायत सवाङ्गिण पक्षमा गुणात्मक र परिणात्मक तथा सकारातमक परिवर्तनलाई जनाउदछ । अल्पविकशित वाट माथि उठुनु वा सकारात्मक दिशा तर्फ को परिवर्तन नै विकाश हो ।

विकास  तराजुमा जोख्न सकिने वस्तु मात्र नभई जनताको सक्षममताको स्तर तथा अनुभूतिको विषय पनि हो । देशको विकासमा आर्थिक ,सामाजिक ,मानवीय ,भौतिक ,राजनीतिक ,पाबिधिक ,जस्ता पक्ष हरुले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । देशको कर्मचारीतन्त्र लगायत अन्य जनशीक्त हरू जति नै सक्षम र सुदृढ भए पनि तिनीहरूलाई चलाउने सबैभन्दा माथिल्लो सयन्त्र राजनीति खराब भयो भने यहाँ विकासको परिकल्पना गर्न सकिँदैन । शिक्षा,स्वास्थ्य,रोजगारी,यातायत,विधुत,खानेपानी, जस्ता भौतिक पूर्वाधारको जस्तो सुकै विकाश भए पनि त्यस सँग पत्यक्ष सम्बन्ध राख्ने राजनीति खराब भयो भने भए गरेका र हुने सरचनाहरु लाई पूर्णता दिन सकिँदैन । देशमा रहेका राजनीतिक दल र सो दलले लिएको राजनीतिक सिदान्त र बिचारले देशलाई कस्तो बनाउने भन्ने विषयमा ठोस योगदाान दिन सक्दछ ।

राजनैतिक दलले चुनावी घोषणा पत्रमार्फत जनता माझ विकास निर्माणको पतिवद्दता जाहेर गर्ने र शक्ति,सत्तामा पुगिसकेपछि त्यसलाई कार्यान्वयनमा ल्याउने गर्दछन्,यो लोकतन्त्रको सुनौलो पक्ष पनि हो । देश विकासमा राजनीतिको महत्त्वपूर्ण भूमिका रहन्छ, देशको विविध पक्षको विकास सगसगै युवाहरूको विकाश हुनु पनि विकाश चरणको एक खुड्किलो मानिन्छ ।

युवाहरूको विकास भन्नाले सीप पाप्त गरिसके पछि रोजगारीको ग्यारेन्टी ,देशको विकाशमा योगदान पु¥याउन सक्ने गरी जिम्मेवारी दिने व्यवस्था हो । नेपालमा धेरै बिकराल समस्या मध्ये बेरोजगारी समस्या एक हो । यसलाई सही रूपमा सही समयमा सम्बोधन गर्न सकेनौ भने युवाहरूको विकास हुन सक्दैन । देशको उर्वर र ठुलो जनसङख्या ओगट्ने यो पुस्तालाई देृशको विकासमा लगाउन सक्नु नै देशको विकासमा योगदान पुरुयाउनु हो । नेपालमा यो उमेरको युवा पुस्ताले सही ट्रयाक लिन सकिराखेको छैन । राजनीतिक दलहरले युवा पुस्तालाई ध्वशको राजनीति गर्न मात्र सिकायो,आन्दोलनहरुमा मात्र सक्रिय हुन सिकायो ।

ध्वश भएको युवा शक्तिलाई पुनजीवन दिन नसकिएका कारण राजनीतिले सही बाटो लिन सकेन । युवाहरूलाई राजनीतिक दलहरूले लामो समय सम्म परिवर्तनका नाममा सडकमा उतार्ने र सधैँ विरोधी खेमामा मात्र स्थापित गर्न खोज्यो । दन्दकालका नाममा होस् या राजनीतिक उथलपुथल का घटनाहरुमा होस्,युवा हरू बन्दुक बोकेर ध्वश गर्ने तह सम्म पनि लाग्ने स्थिति पैैदा भयो । यस बिचमा देशमा थुपै राजनीतिक क्रान्ति सम्पन्न भईसके,अब यस कुरालाई सही ढगले विश्लेषण गरी युवालाई निर्माणको चरणमा पवेश गराउनु पर्दछ । आर्थिक सम्वृद्धिको दिशातिर युवाहरूलाई अगाडी बढाउनु पर्दछ ।

अब देशमा राजनीतिक मुद्दा भन्दा पनि सबै राजनीतिक दलले आर्थिक विकाश र सम्वृद्धिको मुद्दा लाई प्राथमिकता दिनुपर्दछ । युवाहरूलाई ध्वशाँत्मक राजनीतिबाट माथि उठाई विकाश निर्माण,उत्पादन र रोजगारीको विषयमा अगाडि बढाउनु पर्दछ । अब राजनीतिक दलका एजेन्डा हरुमा आर्थिक विकाशको पाटो लाई महत्त्व का साथ उठाउनु जरुरी छ । देश निर्माणको साझा उद्देश्य प्रत्येक राजनीतिक दलको मुख्य एजेन्डा बन्नुपर्दछ ।

जब सम्म देशमा रहेका युवा पुस्तालाई आर्थिक विकाशमा संलग्न गराउन सक्दैनौ तब सम्म दिनहु पन्ध्र्र सय विदेशीने युवाहरूको भीड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घट्दैन,त्यो भिड नघटे देशभित्र क्रियाशील रहेको जनशब्ति स्वतः घट्छ । यसको प्रत्यक्ष असर विकाश निर्माणमा पर्दछ । बढ्दो वैदेशिक रोजगारीको आकर्षणलाइ कम गर्नको लागी देशमा उद्योगधन्दा,कलकारखानाको स्थापना गर्नुपर्दछ । कृषि,व्यापार व्यवसाय,प्रर्यटन आदि क्षेत्रमा देशभित्रै सम्भावना खोजिनुपर्दछ । देशभित्र शान्ति सुरक्षा कायम गरी बाह्य लगानीको आकर्षण बढाउनुको साथै स्वदेशि लगानीकर्ता लाई प्रोत्साहन गनूर््ुपर्दछ ।

सरकारी संयन्त्रको अप्रभावकारीता,प्रशासनको विकृति जस्ता कुरालाई हटाइ निजी क्षेत्रको सहभागितामा वृदि र सरकारी,निजी,सहकारीता को अवधारणा अनुसार विकाश निर्माण अगाडि बढाउन हा ेभने देशभित्रको युवा बेरोजगारीको समस्या कम गर्न सकिन्छ । जसबाट गरिबी न्युनिकरण,प्रतिब्यक्ति आयमा बृदि,कुल ग्राहस्थ उत्पादनमा बृदि भई समग्र मुलुकको आर्थिक विकासको ढा्का खुल्न सक्दछ। यसको लागि राजनीतिक दल ,त्यसको नेतृत्व, र राजनीतिक दलका कार्यकर्तामा देश विकास प्रति इमान्दारीका साथ सकारात्मक प्रयत्न भएको हुनुपर्दछ।राजनीतिक दलले आप्ःना युवा सङ्गठन हरुलाइ लुटपाट,हत्या,हिंसा,आतङ्क जस्ता अपराधजन्य कार्यमा संलग्न नगराइ वा संरक्षण नदिइ स्वरोजगारीको सृजना गर्ने तर्फ उत्प्रेरित गर्नुपर्दछ साथै दलले सिङ्गो पार्टी,नेता र कार्यकर्तालाई पारदर्शि ढङ्गले चलाउन सक्नु पर्दछ। सँविधानबादका आधारमा सरकार चल्ने र त्यसै मुताविक शासन सञ्चालन गर्ने हो भने अहिले देशमा व्याप्त समस्याको सामूहिक समाधान गर्न सकिन्छ।

राजनीतिक दलको मूल्य मान्यता र बिचार लाई भन्दा माथि उठि देश विकासको सँकल्प प्रत्येक राजनीतिक दलमा हुनै पर्दछ । देशमा पछिल्लो तथ्याँकले सबैभन्दा बढी भ्रष्टाचार गर्ने हरुमा राजनीतिक दल र कर्मचारीतन्त्र लाई बताएको छ । यो देश विकाशका लागी भयानक डरलाग्दो र लागजमर्दो विषय हो । यसको न्युनीकरणमा सरकार तथा सबैको ध्यान जान जरुरी छ ।

राजनीतिक दलहरुले युवाहरूलाई सही मार्ग दिन सक्नुपर्दछ। दल र तिनका नोकरहरुले युवाहरूलाई केवल आप्ःनो स्वार्थ पुर्तिको लागि झोलृ कार्यकर्ताको रूपमा लिनु हुँदैन। कार्यकर्ताको रूपमा प्रयोग गर्दा उनीहरू लाई सही ढङ्गले राजनीतिक शिक्षा दिनु जरुरी हुन्छ। अहिले पछिल्लो समय सही शिक्षा दिने भन्दा पनि उनीहरूलाई दुरुपयोग गर्ने प्रवृति बढ्दै गइराखेको छ। युवाहरूले पनि उचित राजनीतिक दृष्टिकोण भन्दा पनि नेताको कति नजिक हुन सकिन्छ भन्ने आधारमा आफूलाई सीमित स्वार्थमा लिप्त गराएको छ। अहिलेका युवालाई सही राजनीतिक शिक्षा दिन सकेनौ भने त्यसले देशको लामो समय वर्बाद हुन सक्दछ। अव युवाहरूले यो राष्टले हामी लाई के दियो र के पाए भन्दा पनि हामीले के दियौ अनि के दिनेछौ भनेर सोच्ने बेला आएो छ। दल र नेताको स्वाथृभन्दा माथि देश र समाजको लागि एक कदम अगाडि बढ्नु पर्ने वेला आएको छ।

पुरानो पुस्तालाई ससम्मान राजनीतिबाट बिदा गराइ उनीहरूको अनुभव र राम्रो शिक्षा लाई सिक्दै राजनीतिको बागडोर युवाहरूले लिनु पर्ने बेला आएको छ। युवाहरुले   आर्थिक एजेन्डालाई केन्द्रविन्दु बनाएर आफूलाई तयार पार्नु पर्दछ। देशका राजनितक दलहरुलाई  सही निर्णयको लागि हस्तक्षेपकारी भूमिका खेल्न सक्नुपर्दछ। अन्तमा जब सम्म राजनीतिले सही बाटो लिन सक्दैन तब सम्म देशले प्रगति गर्न सक्दैन। त्यसैले आम युवाहरूले देशको चौतर्फि विकाशको लागि राजनीतिमा सकारात्मक भूमिका लिनु जरुरी छ। राजनीति भनेकै राज्य सञ्चालन कसरी गर्ने भन्ने नीति भएकाले स्वतः युवाहरुको विकास पनि यसैमा निहित रहेको छ ।

[email protected]