घोडाघोडीमा मोटरसाइकल दुर्घटना - एकको मृत्यु ,एक घाइते - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

घोडाघोडीमा मोटरसाइकल दुर्घटना – एकको मृत्यु ,एक घाइते



विशाल पाण्डेय/सुखड

कैलालीको घोडाघोडी नगरपालिकामा – १० पहलमानपुरमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सोमबार दिउँसो करिब २:१५ बजे पश्चिमबाट पूर्व आउँदै गरेको से ३ प ६३३४ नम्बरको मोटरसाइकल रोड छेउमा रहेको पिल्लरमा ठोक्किई दुर्घटना हुँदा घोडाघोडी नगरपालिका -८ का खेम टमाटाका २१ वर्षिय छोरा दिनेश टमाटाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्ष राज जोशिले जानकारी दिए ।

टमाटाको घटनास्थलबाट घोडाघोडी अस्पताल सुखडमा ल्याउदै गर्दा बाटोमै मृत्युु भएको प्रहरीले जनाएको छ।त्यस्तै घाइते हुनेमा मोटरसाइकलमा सवार गौरीगङ्गा नगरपालिका-११ का ४० वर्षिय कर्ण कामी रहेको प्रहरीले जनाएको छ । घाइतेको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।

(फाइल तस्बिर)