‘बिकासको सुई’ले काम नगर्दा हारियो: चन्द्र भण्डारी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

‘बिकासको सुई’ले काम नगर्दा हारियो: चन्द्र भण्डारी



मंसिर २५,गुल्मी । नेपाली कांग्रेसका सदस्य चन्द्र भण्डारीले ‘विकासको सुई’ले काम नगर्दा पराजय भोग्नु परेको बताका छन् ।

गुल्मीको सदरमुकाम तम्घासमा सोमबार प्रेस युनियन गुल्मीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भण्डारीले बिकासको नयाँ पलान र आफ्ना कामहरुले नै काम नगर्दा आफू पराजित भएको बताए ।

भण्डारीले आफूले जिल्लाको निम्ती धेरै बिकास नयाँ योजनाहरुसँगै बिकासको मोडल तयार गरेपनि अपच भएको बताए । भण्डारीले जनताले दिएको अभिमतलाई सर्बस्वीकार्य रहेको बताए ।

यो निर्वाचनमा नेपाली कांग्रेस कमजोर देखिएको भए पनि संबिधानको कार्यान्वयनको चरण पूरा गर्नु ठूलो सफलता भएको बताए । संबिधानको कार्यन्वयनसँगै निर्वाचनमा जसले जिते पनि हारे पनि जनताको जित भएको बताए ।

भण्डारीले अब राजनीतिक संकट अन्त्य भएकाले देशको बिकास र समृद्धि तर्फ राजनीतिक दलहरु अघि बढन जरुरी रहेको बताए ।

राजनीतिक संक्रमण अन्त्यको लागि नेपाली कांँग्रेसले खेलेको भूमिका अत्यन्तै ठूलो रहेको उनले बताए ।