बिक्रमलाई पछाडी पार्दै प्रचण्ड ४ हजार मतले अगाडि - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बिक्रमलाई पछाडी पार्दै प्रचण्ड ४ हजार मतले अगाडि



काठमाडौं ।

चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता कायम राखेका छन् । राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेलाई पछि पार्दै उनले अग्रता कायम गरेकान हुन् ।

दाहालले ९ हजार १८ मत प्राप्त गर्दा पाण्डेले ५ हजार ११ मत पाएका छन् । दाहाल ४ हजार ७ मतले अगाडि छन् । दाहाललाई एमालेले सहयोग गरेको छ भने पाण्डेलाई नेपाली कांग्रेसको साथ छ ।

चितवन क्षेत्र नम्बर ३ मा १ लाख २५ हजार ८२३ मतदाता छन् । जसमा ९३ हजार ८२३ मत खसेको छ । दाहाल र पाण्डेसहित १४ जना उमेदवार चुनावी मैदानमा छन् ।