बिप्लव माओबादीका जिल्ला सेक्रेटरी सहित २१ जना बुटवलमा गिरफ्तार - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बिप्लव माओबादीका जिल्ला सेक्रेटरी सहित २१ जना बुटवलमा गिरफ्तार



बुटवलमा १ घण्टे चक्काजाममा उत्रिएका नेकपा माओबादी [बिप्लव ] का दर्जनौं कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।
ईलाका प्रहरी कार्यलय बुटवलको टोलीले उनीहरुलाई बुटवलको अस्पताल लाईनबाट गिरफ्तार गरेको हो । गिरफ्तार हुनेहरुमा उक्त पार्टीका जिल्ला सेक्रेटरी शरद ओलीसहित २१ जना रहेकाछन् ।

कार्तिक २८ गतेका लागि घोषित नेपाल बन्दको प्रचार गर्दै चक्काजाममा उत्रिएका थिए ।
उनीहरु सबैलाई ईलाका प्रहरी कार्र्यलय बुटवलमा राखिएको प्रहरी नायव उपरिक्षक मुकुन्द मरासिनीले नागरिक आवाजलाइ बताए
उनीहरु बिहान १० बजे १ घण्टे चक्काजाम गर्नका लागि सडकमा उत्रिएका थिए । बिप्लव माओबादीले कार्तिक २८ गते नेपाल बन्दको तयारी र प्रचारप्रसार भन्दै भन्दै आज चक्काजाममा उत्रिएका थिए ।