विमल घर्ती मगरसहित चार खेलाडी बर्खास्त - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

विमल घर्ती मगरसहित चार खेलाडी बर्खास्त



काठमाडौं- चार जना खेलाडी बर्खास्त भएका छन् । एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर,मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई बर्खास्त गरेको हो ।

खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले चार जना खेलाडीलाई राष्ट्रिय टीमबाट बर्खास्त गरेको हो ।

विश्वकप २०२२ को छनोटमा कुवेतविरुद्ध खेल्ने नेपाली टीमका खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै बर्खास्त गरेको एन्फाले जनाएको छ ।

उनीहरु मध्यरातमा ठमेलका विभिन्न क्लबमा भेटिएकाले कारबाही गरिएको हो । एन्फाका उच्च पदाधिकारीले प्रशिक्षक योहान कालीनसँगको छलफलपछि उनीहरुलाई टिमबाट बर्खास्त गरेको हो।