बिमला वलीको ताण्डव : प्रेमीको घरमा छिरेर श्रीमती र छोरीलाई कुटिन् - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बिमला वलीको ताण्डव : प्रेमीको घरमा छिरेर श्रीमती र छोरीलाई कुटिन्



काठमाडौं- लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमला वलीले सर्वसाधारणको घरमा दलबलसहित छिरेर दादागिरी देखाउँदै आमा-छोरीलाई निर्घात कुटपिट गरेकी छन्।

मंगलबार बिहान दाङको तुलसीपुर–५ स्थित एकराज बस्नेतको घरमा पुगेर मन्त्री वलीले उनकी श्रीमती र छोरीमाथि निर्घात कुटपिट गरेकी हुन्।

हातपात गरेको भन्दै प्रहरीले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिई सकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए।

मन्त्री वली पिएसओसहित बस्नेतको घरमा पुगेकी थिइन्। त्यसपछि उनले बस्नेतकी श्रीमती र छोरीलाई हातपात गरेको पीडितले बताएका छन्।

बस्नेतकी श्रीमतीले आफूलाई वलीले हातपात गरेको र लगाएको कपडा च्यातेको बताइन्। ‘गेटमा लात्तीले बजार्दै गेट खोल भनिन्, को रहेछ भनेर मैले गेट खोलिदिएँ। भित्र आएर मेरो एकराज खोइ भन्दै कपडाहरू तितरवितर गरिदिइन्। कोठामा छिरेर झुल च्यातिदिइन्। कोठामा भएका कपडा मैले किनिदिएकी हुँ भन्दै मलाई गालामा हानिन्’, बस्नेतकी श्रीमतीले भनिन्।

वलीले विद्यालय जान ठिक्क परेको छोरीलाई पनि थप्पड हानेको उनले बताइन्। गत वर्ष राज्‍यमन्त्री वली र एकराजको प्रेमी प्रेमिकाको अर्थ लाग्ने गरी फोटोसमेत बाहिरिएको थियो। तर, वलीले एकराजले फोटोसप गरेर तस्वीर सार्वजनिक गरेको भन्दै आपत्ति जनाएकी थिइन्।

२०७४ सालको प्रतिनिधिसभा चुनावमा नेकपा एमालेबाट दाङ निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा ‘ख’ बाट विजयी भएका श्रीमान् उत्तरकुमार वलीको मृत्युपश्चात् उनी त्यसै कोटाबाट २०७६ मंसिरमा भएको उपनिर्वाचनमा विजयी भएकी हुन्।

पछिल्लो समय नेकपाको सरकारमा उनी कहिले नेकपा एमालेतर्फ त कहिले नेकपा माओवादीतर्फ प्रवेश गरिरहेर चर्चाको शिखरमा थिइन्।