प्रधानन्यायाधीश कार्कीलाई महाअभियोग लगाईएको असन्तुष्टीमा गृहमन्त्री विमलेन्द्र निधिले दिए राजिनामा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रधानन्यायाधीश कार्कीलाई महाअभियोग लगाईएको असन्तुष्टीमा गृहमन्त्री विमलेन्द्र निधिले दिए राजिनामा



 बैशाख, ७ काठमाडौं ।

 

प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमा असन्तुष्टि जनाउँदै गृहमन्त्री विमलेन्द्र निधिले अफ्नो पदबाट राजीनामा दिएका छन् । केहि समय अघि सम्म मात्र प्रधानन्यायाधीश सुशीला कार्की बिरुद्ध लगाईएको महाअभियोग प्रस्तावबारे आफूलाई पूर्वजानकारी नदिइएको भन्दै गुनासो गरेका मन्त्री निधिले भर्खरै राजिनामा दिएका हुन् ।

राजीनामा दिनुअघि मुख्य सचिव सोमलाल सुवेदीलाई राजीनामाको प्रक्रियाबारे सोधेका मन्त्री निधिले प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरी आफूले राजीनामा दिन लागेको जानकारी दिएका थिए । उनले राजिनामा दिनुको कारण कार्की बिरुद्धको महाअभियोग भएपनि प्रधानमन्त्री कार्यालयले भने मन्त्री निधिले महाअभियोग प्रकरणका कारणले भन्दा पनि आफ्नै पार्टीभित्रको अन्तरविरोधका कारण राजीनामा दिएको दाबी गरेको छ ।