कोरोना भाइरस संक्रमितको नमुना लिन गएको विमान ठुलो दुर्घटनाबाट जोगियो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कोरोना भाइरस संक्रमितको नमुना लिन गएको विमान ठुलो दुर्घटनाबाट जोगियो



नेपालगन्ज । काठमाडौंबाट आएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटना भएको छ । कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको नेपालगञ्ज विमानस्थलका एक अधिकारीले जानकारी दिए ।

घटनामा मानवीय क्षति भएको छैन, विमानमा सामान्य क्षति भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणकचा महानिर्देशक राजन पोखरेलले अब कोरोना भाइरसको सम्भावित स‌ंक्रमितको नमुना लिन अर्को विमान जाने बताए ।

दुर्घटना भएको विमान प्राविधिक टोलीले मर्मत गरे पछि मात्र उड्ने उनले बताए । विमानमा औषधि समेत रहेको थियो । विमान दुर्घटना बारे थप जानकारी भने आउन बाँकी रहेको छ।