आयो यस्तो खबर ! प्रकाश दाहालले सम्हाल्दै आएको प्रचण्डको निजि सचिवालय अब सृजनाको काँधमा, यसरी हुने भयो दुइ बुहारीको ब्यबस्थापन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

आयो यस्तो खबर ! प्रकाश दाहालले सम्हाल्दै आएको प्रचण्डको निजि सचिवालय अब सृजनाको काँधमा, यसरी हुने भयो दुइ बुहारीको ब्यबस्थापन



मंसिर १३,काठमाडौं ।

प्रचण्डको परिवारमा माइली बुहारी बनेर भित्रिएकी सिर्जना त्रिपाठीले अब पति प्रकाश दाहालले सम्हाल्दै आएको ससुराको निजी सचिवालय जिम्मा लिने सम्भावना बढेको छ ।

चुनावपछिदेखि उनले माओवादी पार्टी अध्यक्षको सचिवालय हेर्नेबारे प्रचण्ड निवासमै छलफल भएको बताइन्छ । कान्छी बहाुरी बीना मगर कञ्चनपुरबाट सांसद भएर नीति निर्माणमा सक्रिय रहने कुरामा शंका छैन । यसर्थ पनि सिर्जनाले खास जिम्मा पाउने सम्भावना बढेको छ ।

सिर्जनालाई प्रविधिबारे राम्रो ज्ञान भएको, स्नातकोत्तरसम्मको अध्ययन सकिएको र राजनीतिक रुपले सक्रिय रहेकोले आधारमा यस्तो जिम्मेवारी उपयुक्त हुने ठानिएकोछ । सामाजिक सञ्जालमा सक्रिय रहने, पत्रकारसँग राम्रो सम्बन्ध राख्ने, मिडिया फ्रेन्डली छवि बनाएका प्रकाशको अनुपस्थितिलाई पूर्ति गर्ने क्षमता र दक्षता सिर्जनामा रहेको पारिवारिक स्रोतको दावी छ ।

अहिले उनलाई लाजिम्पाट निवासमा रहेको ग्राउन्ड फ्लोरको दायाँपट्टिको कोठा दिइएको छ । सिसिटिभी राख्ने ठाउँ नजिक, प्रचण्डका निजी सचिव र सुरक्षाको जिम्मा पाएका जोखबहादुर महारा र सन्तु दराईहरु बस्ने कोठासँगै जोडिएको कोठा उनलाई बस्नका लागि दिइएको हो ।

सिर्जनाले यो प्रतिवद्धता पतिको देहावसना भएको चौथो दिन चितवनमा आयोजित श्रद्धाञ्जली सभामा भाग लिन नाति लिएर प्रचण्ड जानुअघि त्यहाँ सहानुभूति दिन पुगेकाहरुसमक्ष जनाएकी हुन् । प्रकाशसँग ठ्याक्कै अनुहार मिल्ने छोरा प्रसिद्धले ‘म गेम खेल्छु, मोबाइल चाहियो’ भन्दै झगडा गरिरहँदा उनी अब आफूले पतिको कामको जिम्मा लिने बताइरहेकी थिइन् ।

नेपाली सेनाका पूर्व अपरेशन कमाण्डर बन्दिपुरे शिवराम प्रधान, यादव रायमाझी र पूर्व सचिव जन्मजय रेग्मीहरु उनलाई ढाडस दिन त्यहाँ पुगेका थिए । उनीहरुले ‘यस्तो बज्रपात आइलाग्यो, अब तपाईंले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ’ भन्दै सम्झाउँदा उनले, ‘बाबासँग मलाई कुनै समस्या छैन, उहाँले धेरै माया गर्नुहुन्छ’ भनेकी थिइन् । यसो भन्दा उनकी काकी, दिदी, मामा त्यहीँ थिए ।

सबैले अब प्रचण्ड निवास नछाड्नु भनेर सल्लाह दिइरहेका थिए । ‘तिम्रो समस्या र असन्तुष्टि प्रकाशसँग थियो होला तर अब उनी छैनन् । विगतलाई भुल र जिम्मेवार बन’ भन्दै उनलाई सम्झाइएको थियो । उनले ‘त्यस्तै कुरा पार्टीका अरु नेताले पनि भन्दिए हुन्थ्यो । तत्काल कास्की जिल्ला कमिटी सदस्य पनि भएका नाताले त्यहीँ सक्रिय हुन्छु र चुनावपछि यतै आउँछु’ भन्दै आफ्नो योजना र अपेक्षा प्रस्तुत गरेकी थिइन् ।

उनलाई सम्झाउनेहरुमा माओवादीका पूर्व नेता खिमलाल देवकोटा पनि थिए । कास्की लुम्लेकै देवकोटा र पत्नी लक्ष्मी नजिकै हेम्जाकी चेली सिर्जनालाई सम्झाउनमा व्यस्त थिए । सिर्जनाले ‘बुवा र दिदीहरुले त माया गर्नुहुन्छ’ भन्नुको अर्थ के अब उनलाई समस्या सासुबाट मात्र हो त ? त्यसो हो भने त्यो पनि मिलाउनुपर्ने हुन्छ । सासू सीता दाहालले अहिले ‘के प्रसिद्ध अब मसँग आउँछ त ?’ भनेर प्रश्न गर्न थालेकी छन् । उनले सिर्जनाले यी सबै कुरा भन्नुभन्दा अघिल्लो दिन नै नातिहरुको मुख हेरेर चित्त बुझाउने इच्छा राख्दै त्यसो भनेको बताइन्छ । जनआस्था साप्ताहिकमा खबर छ ।