बिन्ध्यवासिनीद्वारा रामकृष्ण ढकाल एकल साँझ चैत्र १८मा गर्ने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बिन्ध्यवासिनीद्वारा रामकृष्ण ढकाल एकल साँझ चैत्र १८मा गर्ने



काठमाडौं, १३ चैत ।

बिन्ध्यवासिनी म्युजिकको प्रस्तुती रहने रामकृष्ण ढकाल एकल साँझ २०७३ चैत्र १८ गते राष्ट्रिय प्रज्ञा प्रतिष्ठान, कमलादीमा अपरान्ह ३ः३० बजे हुने भएको छ ।

बिन्ध्यवासिनी फाउण्डेसनको सहयोगार्थ हुने सांगीतिक प्रस्तुतीलाई नेपाली सांगितीक फाटँमा प्रतिक्षितरुपमा हेरिएको छ ।

नेपाली आधुनिक गायनका शिखर परुष लोकप्रिय गायक रामकृष्ण ढकालको उक्त प्रस्तुतीलाई दश जना वाद्यवादकले साथ दिनेछन् । सर्वाधीक चर्चित एवं लोकप्रिय लगभग २० वटा गीतहरु प्रस्तुत गरिने उक्त कार्यक्रममा वरिष्ट गायिका देविका वन्दना एवं युवापुस्ताकी चर्चित गायिकाद्वय जुना प्रसाईं र प्रविशा अधिकारीले रामकृष्ण ढकाललाई साथ दिनेछन् ।

कार्यक्रमलाई व्यवसायिक भन्दा पनि गुणस्तरिय सांगीतिक निरन्तरताको रुपमा लिएको बिन्ध्यवासिनी म्युजिकले जानएको छ । कार्यक्रमबाट हुने मुनाफालाई सांगीतिक क्षेत्रमा सक्रिय रही सामाजिक सेवामा समर्पित विन्ध्यवासिनी फाउण्डेशनमार्फत सत्कर्ममा प्रयोग गरिने बताइएको छ ।