राजन पनेरुको लघुकथा संग्रह 'बिन्दुमा सिन्धु'को बिमोचन (तस्विरमा) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

राजन पनेरुको लघुकथा संग्रह ‘बिन्दुमा सिन्धु’को बिमोचन (तस्विरमा)



हिमाल पोस्ट /काठमाडौँ २७ 

लघुकथाकार राजन पनेरुको पहिलो लघुकथा बिन्दुमा सिन्धुको राजधानीमा लोकार्पण भएको छ । लघुकथा समाजको आयोजनामा भएको उक्त समारोहमा लघुकथा विधामा पहिलो बिध्याबरिधि गर्ने पुस्करराज भट्टले राजन पनेरुका लघुकथामा सामाजिक बिबिधता प्रस्तुत लघुकथा संग्रहमा मानवीय समबेदना उच्च रहेको बताउनुभयो ।

साहित्यकार डा. रवीन्द्र समीरले राजन पनेरुका लघुकथामा व्यक्तिगत, पारिवारिक,सामाजिक तथा समाजका बिबिध क्षेत्रमा अन्तर्निहित बिकृति, विसंगति र द्वैध चरित्रमाथि कुशल ढंगले प्रहार गरिएको बताउनुभयो । लघुकथा समाजका अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ रोदनले बिन्दुमा सिन्धु निकै परिष्कृत लघुकथाहरुको संग्रह भएको बताउनुभयो ।

लेखक राजन पनेरुले आफ्ना दुइबटा रचना बाचन गर्दै आफ्नो मन्तब्य व्यक्त गर्नुभएको थियो ।उक्त कार्यक्रममा बरिष्ठ साहित्यकार मंजु काँचुली, दमन बहादुर सिंह, तुलसीहरि कोइराला लगायतले बोल्नुभएको थियो ।७४ वटा लघुकथा संग्रहित बिन्दुमा सिन्धु लघुकथा संग्रह कविडांडा साहित्य समाज, चितवनले प्रकाशन गरेको हो ।