विनियोजन विधेयक राष्ट्रिय सभाबाट पनि पारित - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

विनियोजन विधेयक राष्ट्रिय सभाबाट पनि पारित



काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बावजुद राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको छ । बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा बहुमतले विधेयक पारित गरेको हो ।

नेकपा एमालेको विरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक पारित गरियोस् भनी प्रस्ताव राखेका थिए । असोज ४ गते प्रतिनिधि सभाबाट पारित भएको विनियोजन विधेयक राष्ट्रिय सभाबाट समेत पारित भएपछि ‘बजेट होलिडे’ सकिएको छ ।

राष्ट्रिय सभाबाट विधेयक पारित भएपछि अब राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्नेछ । यो विधेयक प्रमाणित भएपछि सरकारले खर्च गर्न पाउने छ ।

भदौ ३१ पछि भएका सरकारी खर्चले वैधता पाउने छ । पूर्ववर्ती केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश बजेट प्रतिस्थापन लागि सरकारले भदौ २५ गते प्रतिनिधि सभामा प्रतिस्थापन विधेयक ल्याएको थियो ।

बजेटका पूरक विधेयकको रुपमा रहेका आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक बिहीवार प्रतिनिधि सभाबाट पारित हुँदैछ ।

बिहीवारको राष्ट्रिय सभा बैठकमा अध्यक्षसँग समय लिई एमालेकी सांसद कोमल वलीले सभामुख अग्नि सापकोटाको ब्यबहारका कारण आफूहरुले सदन अवरोध गर्नुपरेको बताएकी थिइन् । राष्ट्रिय सभाको अर्को बैठक शुक्रवार बस्ने छ ।