विनोद चौधरी निर्वाचित, हृदयेश त्रिपाठी अस्ताए - Himal Post Himal Post
  • २२ मंसिर २०७९, बिहीबार
  •      Thu Dec 8 2022

विनोद चौधरी निर्वाचित, हृदयेश त्रिपाठी अस्ताए



पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार उद्योगपति विनोद चौधरी विजयी भएका छन् । उनले जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८७ मतले पराजित गरेका हुन् ।

चौधरीले २९ हजार ४ सय ९५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी त्रिपाठीले २२ हजार ३ सय ८ मत प्राप्त गरेका छन् । चौधरी कांग्रेस नेतृत्वको सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् भने त्रिपाठीलाई नेकपा एमाले र जनता समाजवादी पार्टीले समर्थन गरेको थियो ।

निर्वाचित भएपछि चौधरीले यस क्षेत्रको दिगो विकास, कृषि क्षेत्र र रोजगारीका लागि योजनबद्ध रुपमा काम गर्ने बताए । साथै आफूलाई विश्वास गरेर मतदान गर्ने मतदातालाई आभार व्यक्त गरेका छन् । यो क्षेत्रमा ८४ हजार २ सय २९ मत खसेको थियो ।