अभिनेता विनोद खन्ना रहेनन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अभिनेता विनोद खन्ना रहेनन



 

हिमालपोष्ट/नयाँ दिल्ली ।

भारतीय चर्चित अभिनेता विनोद खन्नाको निधन भएको छ । क्यान्सरसँग सङ्घर्ष गरिरहेका खन्नाको बिहीबार निधन भएको हो ।
केही समय अघिदेखि गिरगाउँस्थित एचएन रिलायन्स फाउन्डेसन एन्ड रिसर्च सेन्टरमा उपचार गराइरहेका उनीे पछिल्लो समय निकै कमजोर बनेका थिए ।

लामो समय बलिउडमा काम गरेका खन्नाले १४४ वटा चलचित्रमा काम गरेका छन् । विनोद खन्ना पन्जाबको गुरदासपुरबाट भारतीय जनता पार्टीका सांसद पनि भएका थिए ।

खन्ना ओशो सन्यासी पनि हुन ।