बिपन्न र दलित ब्यक्तिलाई आर्थिक उपार्जनमा सघाउन ७ दिने कुखुरा पालन तालिम पुर्नवासमा सुरु  - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बिपन्न र दलित ब्यक्तिलाई आर्थिक उपार्जनमा सघाउन ७ दिने कुखुरा पालन तालिम पुर्नवासमा सुरु 



पुनर्वास , कञ्चनपुर । कञ्चनपुरको दक्षिणी सीमान्त पुनर्वासको ९ मा वडा कार्यालय र निड्स नेपालको साझेदारीमा बिपन्न तथा दलित समुदायका ब्यक्ति हरुलाई कुखुरा पालन सम्बन्धी ब्याबसायिक तालिम बुधबारदेखि संचालन गरिएको छ ।

आर्थिक रुपमा पछाडी परेका पुनर्वास ९ का बिपन्न तथा दलित समुदायको आर्थिक उपार्जनमा सघाउन ७ दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको पुनर्वास नगरपालिका ९ का वडा अध्यक्ष नारायण प्रसाद जैसीले बताए ।

पुनर्वास नगरपालिकाका प्रमुख जिवनराज थापाको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको आय मुलक तथा सिपमुलक प्रशिक्षण कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष नारायण प्रसाद जैसीको अध्यक्षता रहेको थियो ।

वडा कार्यालयको २ लाखको बजेटमा संचालन गरिन लागेको तालिममा वडाका ३० जना बिपन्न तथा दलित समुदायका सहभागी रहेको प्रशिक्षण कार्यक्रममा पशु सेवा तालिम केन्द्र धनगढीका तालिम अधिकृत डाक्टर वसन्त बहादुर सिह र पशु सेवा पुनर्वासका मानबहादुर केसीले प्रशिक्षण दिएका छन् ।