विप्लवद्वारा २८ गते नेपाल बन्द - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

विप्लवद्वारा २८ गते नेपाल बन्द



हिमाल पोस्ट /फागुन २७ 

कंचनपुरमा नेपाली नागरिक गोविन्द गौतमको भारतीय साम्राज्यवादद्धारा हत्या गरिएको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले २८ गते नेपाल बन्द कार्यक्रमको घोषणा गरेको छ ।

पार्टी महासचिव नेत्र विक्रम चन्द विप्लवले गौतमको हत्यापछि दोस्रो विज्ञेप्ती जारी गर्दै यस्तो नेपाल बन्दको घोषणा गरेका छन् ।

२७ गते देशैभपरि १ बजे देशैभर विरोध जुलुश कार्यक्रमको आयोजना गरिएको छ भने बेलुकी ७ बजे देशैभर मशाल जुलुश गर्न पार्टी महासचिव विप्लवले आफ्ना देशभरका नेता कार्यकर्तालाई निर्देशन गरिएको छ ।

पार्टीका केन्द्रीय सदस्य एवं केन्द्रीय कार्यालय सदस्य गुणराज लोहनीले महासचिवको विज्ञेप्तीलाई उदृत गर्दै यस्तो बताएका हुन् । पार्टीको विज्ञेप्ती भोली पत्रकार सम्मेलन गरेर प्रकाशित गरिने भएको छ ।

नेपालको सार्वभौमसत्तामाथि भारतीय विस्तारवादद्धारा नांगो रुपले हस्तक्षेप गरिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले २८ गते नेपाल बन्द कार्यक्रम राख्नु परेको बताएको छ ।