‘बम बिष्फोट भएर शरीर क्षतबिक्षत भएका विप्लबका कार्यकर्ताले अस्पताल नै थर्किने गरि मलाई बचाउ भने’ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

‘बम बिष्फोट भएर शरीर क्षतबिक्षत भएका विप्लबका कार्यकर्ताले अस्पताल नै थर्किने गरि मलाई बचाउ भने’



असार १३ /हिमाल पोस्ट 

बम बिष्फोटनमा क्षतबिक्षत शरीर भएर छ्ट्पटाईरहेका बेला बिप्लब कार्यकर्ता चन्द्र सिङले म बाच्न चाहान्छु, मलाई बचाउनुहोस भनेर भनेको कारुणिक शब्दले अ्मुल्य जीवन गुमाउन कसैको चाहाना हुदैन भन्ने सत्य छर्लङ्ग हुन्छ ।

 

अन्तिमपलमा असह्य पिडाका साथ मृत्यु सङ्ग जुधेका बेला अन्चल अस्पताल नै थर्किने गरि बेला बेलामा उनले निकाल्ने अबाजले उनलाई अमुल्य जीवन,आफन्त र सुन्दर सन्सार छुट्दाको पीडा झल्किन्थ्यो ।

गरिब र बिपन्न परिबारका होनहार युवालाई अकालमै मृत्युको मुखमा धकेलेर स्मृद्ध देश बन्न सक्तैन । जनताको मन जितेर नै सत्तामा गएर देशको कायापलट गर्न सकिन्छ भन्ने सन्सारमा कयौ उदाहरण छन ।

होनहार युबाहरुको सुन्दर र अमुल्य जीवन बम, बारुदको धुवामा उडाएर कसैको भलो हुन सक्तैन ।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ खानेपानी रोडमा आफैले बोकेको बम पड्किदा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता चन्द्र वहादुर सिङको  ज्यान गएको थियो ।गएराति ९ बजेर ५५ मिनेटमा खानेपानी रोडमा रहेको जिएस एण्ड सन्स रेष्टुरेन्टको पछाडिपट्टी सिहले नै बोकेको बम पड्किएको थियो ।

(दिल बन्धु छन्त्यालको फेसबुक पेजबाट लिइएको)