विप्लव नेकपाले लियो भोजपुर बम विस्फोटको जिम्मा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विप्लव नेकपाले लियो भोजपुर बम विस्फोटको जिम्मा



विराटनगर- भोजपुरमा भएको बम विस्फोट जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ ।

भोजपुरको पौवादुङ्मा गाउँपालिकास्थित तिवारीभञ्ज्याङमा सत्तागठबन्धनको चुनावी सभामा बाम विस्फोट भएको थियो ।

चुनाव बहिष्कार गर्ने पार्टीको नीति अनुसार विप्लव नेकपाले बाम विस्फोटको जिम्मा लिएको हो ।

माओवादी अध्यक्ष प्रचण्ड उपस्थित हुने कार्यक्रम भइरहेको बेला कार्यक्रमस्थलमा बम पड्किएको थियो ।

विस्फोटमा परी एकजना घाइते भएका छन् । भोजपुरकै अरुण गाउँपालिका चरम्बीका सुमन श्रेष्ठ घाइते भएका छन् ।

श्रेष्ठ विप्लवकै कार्यकर्ता भएको र उनले टिफिन बक्समा विस्फोटक पदार्थ राखेर बनाएको बम झोलामै पड्किएको प्रहरीले बताएको छ ।

सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस प्रवक्ता रामशरण महत जाने कार्यक्रम छ ।