विप्लव माओवादीको एमालेलाई कडा चेतावनी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विप्लव माओवादीको एमालेलाई कडा चेतावनी



खेमानन्द पाठक /बुटवल, १८ मंसिर । विप्लव माओवादीले एमालेलाई कडा चेतावनी दिएको छ । बुटवलमा सहिद स्मारक तथा आफ्नो पार्टी कार्यालयमा भएको आक्रमण प्रति विप्लव माओवादी आक्रोशित भएको छ ।

शनिवार नेकपा एमालेले बुटवलमा आयोजना गरेको सर्वदलिय बैठकमा विप्लव माओवादीका रुपन्देही इन्चार्ज शरद वलीले आन्दोलनको कार्यशैली नफेरिए एमालेका ७५ वटै जिल्लामा रहेका कार्यालय र एमालेका नेता, कार्यकर्ताको लगानी रहेको प्रतिष्ठानमा कारवाही गर्ने चेतावनी दिएको स्रोतले जनाएको छ ।

उहांले आफुहरु जनयुद्धबाट आएको र अहिले पनि संघर्ष रहेको हुदा कार्यशैली सुधार नभए प्रतिवादमा उत्रिने कडा चेतावनी दिनु भएको छ । बैठकमै चेतावनी दिएपछि इन्चार्ज वलीले बैठक बहिस्कार गर्नु भएको थियो ।

प्रदेश नम्बर ५ मा रहेका पहाडी जिल्ला टुक्राउने गरी सरकारले ल्याएको संशोधन प्रस्तावको विरोधमा बुटवलमा बिहीवार सहिद स्मारक तोडफोड गर्नुको साथै विप्लव माओवादीको कार्यालयमा समेत आक्रमण भएको थियो ।

उक्त आक्रमणमा एमालेले आफ्नो संलग्नता नरहेको जनाएपनि उसैले आन्दोलन गरेको हुदा जिम्मेवारी लिनु पर्ने दवाव बढेको छ । आन्दोलन नेतृत्व विहिन जस्तो देखिएको छ ।

हिजो जनसभामा भाग लिन आएको गाडीमा समेत तोडफोड भएको थियो । पत्रकारका सवारी साधन, विवाह लगायतका अति आवश्यक सवारीलाई समेत निर्वाध गुड्न अराजक तत्वले वाधा पु¥याउने प्रयास गर्दा पनि आन्दोलनको नेतृत्व कसले गरेको हो भन्ने देखिदैन ।