बिप्लव माओवादीले कैलालीमा निर्वाचन सामग्री जलायो - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

बिप्लव माओवादीले कैलालीमा निर्वाचन सामग्री जलायो



हिमाल पोष्ट \कैलाली, बैसाख  ५ 

 

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन सामग्रीमा आगजनी गरेको छ । कैलालीको त्रिशक्ति नगरपालिका लालबोझीमा निर्वाचन प्रयोजनका लागि राखिएका सामग्रीमा आगजनी गरिएको हो ।

पछिल्ला दिनमा चन्दल माओवादीले निर्वाचन विरोधी क्रियाकलापलाई तीव्रता दिइरहेको छ । नेकपाका कैलाली जनसरकार प्रमुख हरिचरण चौधरीले स्थानीय तहको निर्वाचन विथोल्न निर्वाचन कार्यालयका सामग्री कब्जामा लिएर जलाइएको बताए ।