नेकपाका नेतामाथि विप्लव समुहको आक्रमण: घाइतेको उपचार हुँदै - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेकपाका नेतामाथि विप्लव समुहको आक्रमण: घाइतेको उपचार हुँदै



जाजरकोट – सरकारद्वारा प्रतिबन्धित पार्टी नेत्र विक्रम चन्द (विप्लप)का कार्यकर्ताले नेकपा केन्द्रिय सदस्यमाथि आक्रमण गरेका छन् ।

आक्रमणमा पर्नेमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश समितिका सदस्य डम्बरसिंह रहेका छन् ।
जाजरकोटको बारेकोट गाँउपालिकामा पालिका स्तरीय नेकपाको पार्टी कमिटीका पदाधिकारीलाई सपथ खुवाउन जाँदै गर्दा बाटोमै नेत्र विक्रम चन्द विप्लवका कार्यकर्ताले उनीहरुमाथि बुधबार बिहान आक्रमण गरेका हुन् ।

बारेकोट गाँउपालिका –८ राहपानी झरना नजिकैको भीरमा केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश समिति सदस्य डम्बर सिंहमाथि आक्रमण भएको हो । बाटोमा हिँडिरहेको बेला एक्कासी विपरित दिशावाट आएका पाँच जना मध्येका एक जनाले सुरुमा र त्यसपछि सबैले लठ्टी प्रहार गरी आफूहरुलाई घाइते बनाएको डम्बरबहादुर सिंहले बताए । उनीहरुलाई अर्जुन नामका युवाले आफु नेत्र विक्रम चन्द (विप्लप)को कार्यकर्ता हो भन्दै गाली गर्दै लौराले पिटेका थिए  । घाइते दुवैको स्थानिय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

विप्लव नेतृत्वको नेकपाका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश वलीले नेकपाको सरकारले आफ्ना कार्यकर्तालाई पक्राउ गरेका कारण यस्तो कदम चालिएको बताए । यस्तै, वलीले जिल्लाका अन्य पालिकामा पनि सत्तारुढ दल नेकपाका नेतामाथि आक्रमण हुन सक्ने चेतवानीसमेत दिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक ९डीएसपी० श्यामबहादुर खत्रीले घटनाबारे जानकारी पाएपछि घटनास्थलतर्फ प्रहरी टोली प्रस्थान गरिसकेको र घटनामा संलग्नहरुको खोजी कार्य भइहेको बताएका छन् ।