विप्लबसंग एकता हुने वैद्यको खुलासा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

विप्लबसंग एकता हुने वैद्यको खुलासा



काठमाडौँ । एमाले, माओवादी र नयाँ शक्तिबीच वाम तालमेल घोषणा भएको हप्तादिन नबित्दै नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले क्रान्तिकारी पार्टीहरुबीच एकता हुने बताएका छन् ।

पोखरामा आजदेखि सुरु भएको पार्टीको राष्ट्रिय सम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले अहिलेको वाम गठबन्धनलाई ‘प्रतिक्रियावादीहू सत्तामा जाने खेल भएका संज्ञा दिँदै उनीहरू बाम शक्ति हुनै नसक्ने टिप्पणी गरे । ‘प्रतिक्रियावादी सत्तामा जानेहरु बाम शक्ति हुन सक्दैनन् ।’ उनले भने, अब क्रान्तिकारी शक्तिलाई बलियो बनाउने दिशामा असली क्रान्तिकारीहरू लाग्छौं ।’

क्रान्तिकारी शक्तिहरुबीच एकता गर्न विप्लव नेतृत्वको नेकपा र ऋषि कट्टेलको नेकपासँग वार्ता भइरहेको भन्दै छिट्टै निष्कर्षमा पुगिने वैद्यले खुलासा समेत गरे ।

बाम गठबन्धनलाई इंगित गर्दै वैद्यले अहिले समाजवादको कुरा गरिनु अवसरवादी मात्रै भएको टिप्पणी गरे । क्रान्तिकारीहरूको वैकल्पिक शक्ति बताएरै छाडने भन्दै त्यसको लागि पार्टी क्रियाशील रहेको पनि वैद्यले बताए ।