कांग्रेस नेता वीर बहादुर बलायरद्वारा ज्यान मार्ने धम्की - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कांग्रेस नेता वीर बहादुर बलायरद्वारा ज्यान मार्ने धम्की



डोटी- मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा विभिन्न पार्टी र उम्मेदवारहरू आफ्ना लाईन मिलाउन व्यस्त छन् । डोटी कांग्रेसमा पनि थुप्रै व्यक्तिले उम्मेदवार हुने चाहना राखेका छ्न्।

यस्तै आकांक्षी मध्यका एक नेता हुन् बीरबहादुर बलायर विद्यार्थी राजनीतिमा गुण्डागर्दी शैलीबाट उदाएका हाल कांग्रेस सुदूरपश्चिम सभापति बलायरले पार्टी राजनीतिमा पनि उस्तै शैली अपनाउने गरेका छन्।

उनीसँग सम्बन्धित एउटा रमाइलो किस्सा छ, उनको किस्साबारे नाम नभन्ने सर्तमा डोटीका एक नेताले भने, ‘केही वर्ष नितान्त जुवा, तास र रक्सीमा उहाँले जीवन बिताउनु भयो। आरजु राणाले उनको बिहे गराईदिईन, ती नेताले भने ।’ पहिलो पटक डोटी क्षेत्र नम्बर १ बाट टिकट पाउँदा उनकै गाउँ बांडुरी सैनमा आरजुले भनेको स्मरण गर्दै उनले भने । ‘बिग्रेको केटोलाई बिहे गरेर ट्र्याकमा ल्याइदिएको कारण मतदान गरेर जिताउन तपाइहरूलाई आग्रह गर्दछु।’ तत्कालिन समयमा आरजुले भनेकी थिइन्।

२०६४, २०७० र २०७४ मा पार्टीबाट टिकट पाएका उनी दुई पटक पराजित भए। एकपटक मात्र जितेका उनले भौतिक योजना तथा निर्माण मन्त्रालयको सम्हाल्ने मौका पाए । भौतिक मन्त्री हुँदा उनले अकूत सम्पत्ति कमाएर ललितपुरमा १० आना जग्गामा घर बनाएको आरोपसमेत लागेको छ।

नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भइसकेपछि निर्माण व्यवसायी संघ विभाग प्रमुख पाएका उनले निर्माण व्यावसायी संघको केन्द्रीय अधिवेशनमा कांग्रेसको प्यानल खडा गर्दा रबि सिंहलाई अध्यक्षमा टिकट दिनुको सट्टा विक्रम पाण्डेका छोरा निकोलोस पाण्डेलाई कांग्रेस प्रवेश गराएर टिकट दिन लगाएको आरोप छ। उक्त प्रकरणमा पनि उनले ठूलो आर्थिक चलखेल गरेको स्रोतको भनाइ छ।

‘उहाँले घर सुरालीले दाइजो दिएको र गाडी साथिले गिफ्ट दिएको भनेर हल्ला गर्नु भएको छ। तर, त्यसको वास्तविकता हामीलाई थहा छ,’ ती नेताले भने। २०५१ सालमा डोटी कांग्रेस जिताउन छोडेर कैलाली पुगेर स्वतन्त्र उम्मेदवार दिब्यश्वरी शाहलाई सहयोग गरेको आरोपसमेत उनीमाथि छ।

कार्यकर्ता र जनताको बीचमा अलोकपृय भएका बलायरले यसपालिको निर्वाच टिकट लिएर जुन सुकै जिल्लाको क्षेत्रमा गएर निर्वाचनमा लडे पनि नजित्ने कांग्रेस वृत्तमै चर्चा हुनेगरेको छ।

उनले यही असोज ५ गते राति ११ बजे शिखर नगरपालिका निवर्तमान मेयर सिताराम जोशीलाई फोन गरेर गालीगलौच गरेको अडियो बाहिरिएको छ। उनले राति ११ बजेदेखि ११:३० सम्म फोन गरेर तथानाम गाली मात्र गरेनन्, ज्यान मार्ने धम्की समेत दिएको जोशीको गुनासो छ। यतिबेला नेता जोशी आफ्नो ज्यान जोगाइदिन भन्दै विभिन्न नेताहरूको घर धाउने गरेका छन्।