बिरामी किनबेच गरिने यो ठाउँ - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

बिरामी किनबेच गरिने यो ठाउँ



काठमाडौं –

राजविराज – अस्पतालमै बिरामीको किनबेच हुन्छ भन्ने सुन्दा पत्याउन गाह्रो हुन्छ

तर राजविराजस्थित अञ्चल स्तरीय अस्पतालपुग्ने जो कोहीलाई यस्ता दृश्य सामान्य लाग्न सक्छन् ।

यहाँस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा दिनहुँ विरामीको किनबेच चलिरहेको हुन्छ ।

अस्पतालका वार्ड र हाताभित्र यस्तो कारोबार गराउने एजेन्ट छ्यापछ्याप्ती भेटिन्छन् ।

अस्पताल अगाडि भ्यान एम्बुलेन्स चालक वा स्वास्थ्यसम्बद्ध व्यक्तिहरु उपचार विचौलिया बनेर बिरामी किन्ने र निजी अस्पताललाई बेच्ने गरिरहेका हुन्छन् ।

अञ्चल अस्पतालअगाडि लहरै आधा दर्जनभन्दा बढी संख्यामा दिनरात खडा रहने भ्यान र एम्बुलेन्सका चालक तथा निजी अस्पतालले खटाएका एजेन्टले त्यहाँबाट बिरामी खोजेर लगिदिएबापत निजी अस्पतालबाट आकर्षक रकम पाउँछन् ।

अस्पताल आएका बिरामीलाई बाटोबाटै वा अस्पतालको बेडबाट समेत फर्काएर विराटनगरलगायत स्थानमा सञ्चालित निजी अस्पताल र क्लिनिकमा ओसारिन्छ ।

एक जना बिरामी लगिदिएबापत चालकले न्यूनतम पाँच सयदेखि डेढ हजार (१५ सय) सम्म रकम पाउने गरेका छन् । आजको कान्तिपुरमा खबर छ ।