"वीर नेपाली देशभक्त हामी सबै एक हौँ" - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

“वीर नेपाली देशभक्त हामी सबै एक हौँ”



नमस्ते म देशप्रेमी छोरो तर यस्ले तपाईँलाई के फरक पर्छ र ? तर म तपाईँहरू मध्य एक हुँ यसले फरक पर्छ । म यदि कुनै धनी वर्ग बाट हुन्थे या कुनै अपराधी, गुन्डागर्दी हुन्थे भने सबैले मलाई मन्चमा बोलाएर फुलामाला पहिरिदै स्वागत सम्मान गर्थे मलाई आफ्नो पार्टी मा जोड्थे तर यहाँ म जस्ता देशप्रेमी युवाहरूलाई अनादेखी गर्छन् सताउछन र डराउछन पनि किनकि म देशप्रेमी छोरो हुँ त्यस्ले होइन म तपाइहरु मध्य एउटा देशभक्ती युवा हुँ त्यसैले यिनीहरू देशभक्ति, देशप्रेमी सँग डराउछन तपाइको ताकत सँग डराउछन तपाइको शक्ति सँग डराउछन अब समय आएको छ तपाईँले तपाइको आफ्नो शक्ति प्रयोग गर्ने बेला ?

आखिर हामी देशप्रेमी के नै चाहन्छौँ र ? हामीलाई बिखण्डन होइन एकता चाहिएको छ धर्म जातियता होइन राष्ट्रियता चाहिएको छ हामीहरू यही त चाहन्छौ बस्ने लायकको एउटा सुन्दर अनि शान्ति देश होस एउटा इमान्दार देशभक्ती युवा के चाहन्छ? इमान्दारी पूर्वक काम गर्न चाहन्छ इमान्दारिता सँग आफ्नो परिवार पाल्न चाहन्छ आफ्नो परिवार सुख शान्ति सँग बाँचेको देख्न चाहन्छ बस यही त चाहन्छ ? र यसलाई पाउनका निमित्त म यो देशका सबै भन्दा शक्तिशाली सबै भन्दा धनी र सबै भन्दा भ्रष्ट्रचारी ब्याक्तिहरु सँग लड्नको लागी तयार छु । म लड्छु तर म एक्लै होइन हामी सबै मिलेर लड्ने छौ।

यो कुरा तपाइहरुले जति सक्नुहुन्छ शेयर गर्नुहोला किनकि हामी सँग प्रचार प्रसार गर्नका लागी टिभी छैन पत्रपत्रीका छैन सिदासादा जनताहरुलाई लालच देखाउने पैसा छैन हामी सँग केहिपनी छैन तर सच्चाइ यो हो कि हामीहरू आफ्नै भ्रष्ट्र गद्दार नेताहरू बाट वाक्क, दिक्क, प्याक्क भैसक्यौ । म देशप्रेमी छोरो हुँ यसले तपाईँलाई के फरक पर्छ ? फरक यो कुराले पर्छ के तपाइ यो लडाइ लड्नको लागी तयार हुनुहुन्छ ? यदि तपाइ यो लडाइ लड्नको लागी तयार हुनुहुन्छ भने जित हाम्रो पक्का छ । चाहे यिनीहरू जति ठुलो शक्तिशाली हौन चाहे यिनीहरू सँग पैसामा नाच्ने गुन्डाहरु हौन या जतिसुकै पैसा होस ? यदि तपाईँले साँच्चै देशलाई माया गर्नुहुन्छ भने यो खबर तपाईँले आफ्नो ११ जना देशभक्ती, देशप्रेमी युवाहरूलाई पठाउनुहोस | अनि साथमा यो पनि बताउनुहोस कि तपाइ छिट्टै नेपाल लाई सही मार्गमा चलाउने एउटा देशभक्ति, राष्ट्रप्रेमी युवा हुनुहुने छ।

“जय देश भक्त आवाज” – बाबु रोका मगर