चर्को विरोध भएपछि अनुदानका सामान मात्र लिएर फर्कियो जहाज - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

चर्को विरोध भएपछि अनुदानका सामान मात्र लिएर फर्कियो जहाज



काठमाडौँ– चर्को विवादपछि नेपाल एयरलाइन्सको जहाजले चीनबाट अनुदानका सामग्री मात्र लिएर फर्केको छ ।

कोरोना भाइरसको परिक्षणका लागि आवश्यक पर्ने मेडिकल सामान लिन शनिबार चीन पुगेको नेपाल एयरलाइन्सको जहाज अनुदानका सामग्री मात्र लिएर आइतबार बिहान नेपाल फर्किएपछि यसबारे पत्ता लागेको हो ।

अनुदानका सामान ल्याउन वेवस्था गरेर चर्को मुल्यमा व्यवशायीका सामान सरकारले किन्न खोजेको भन्दै चर्को आलोचना भएपछि अनुदानको सामाग्री लिएर जहाज फर्किएको छ

यसअघि शनिबार नेपाली व्यवसायीले खरिद गरेका मेडिकल सामान लिन जहाज गएको भनेर पर्यटनमन्त्री योगेश भट्टराईले बताएका थिए । नेपाल एयरलाईन्सको जहाज चिनियाँ सरकारसहित चीनका विभिन्न निकायले दिने भनेको अनुदानका सामग्री लिएर नेपाल फर्किएको छ।

नेपालस्थित चीनियाँ राजदुत होउ याङ्कीले नेपाल एयरलाइन्सको जहाजले सिचुवान प्रान्तीय सरकार, सिचुवान प्रान्तिय इन्भेस्टमेन्ट ग्रुप र चीनियाँ दुतावासले दिएका पर्सनल प्रोटेक्सन इक्विपमेन्ट- पीपिई र थर्मोमिटर लिएर फर्किएको बताएकी छिन्।

जहाजमा ज्याक मा फाउन्डेसन र अलिबाबा फाउन्डेसनले दिएका मेडिकल सामग्री पनि आएको राजदुत याङ्कीले बताएकी छन् ।

वाइडबडीकाे क्षमता ४० टन रहे पनि चीनबाट ल्याउन लागिएका २२ टन सामान लिन जहाज त्यसतर्फ गएको थियो। यद्यपि चीनबाट करिब १२ टनमात्र सामग्री ल्याइएको खुलेको छ ।

यसअघि सामानको उच्च मूल्य राखेर तयार पारिएको तथ्य बाहिरिएपछि भ्रष्टाचार गर्न आगेको भन्दै चर्को बिरोध भएको थियो ।