रुपन्देही २ मा रोचक प्रतिस्पर्धा- विष्णु पौडेल र गणेश पौडेलको उछिनपाछिन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

रुपन्देही २ मा रोचक प्रतिस्पर्धा- विष्णु पौडेल र गणेश पौडेलको उछिनपाछिन



रुपन्देहीको क्षेत्र नम्बर २ को मतपरिणाम रोचक बन्दै गएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार र एमालेका उमेद्वारबीच उछिनपाछिन भैरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई पछि पार्दै एमालेका उम्मेदवार विष्णु पौडेलले अग्रता बढाएका छन् । विष्णु पौडेल स्वतन्त्र पार्टिभन्दा ७३८ मतले अगाडि छन् ।

बुधबार बिहानसम्म भएको २५ हजार एक सय ४५ मत गणना हुदा विष्णु पौडेलले ८ हजार पाँच सय ९४ मत प्राप्त गरेका छन् । मतगणना देखिनै निरन्तर अगाडि रहेका राष्ट्र्रिय स्वतन्त्र पार्टिका उम्मेदवार गणेश पौडेलले सात हजार ८ सय ५६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सत्ता गठबन्धनको सर्मथन रहेको जनमुक्ती पार्टीका उम्मदेवार केशव थापाले ६ हजार ६ सय दुई मत प्राप्त गरेका छन् ।