विष्णु माझी र अविरल बोहराको "सुनैको बिस्तरा" बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

विष्णु माझी र अविरल बोहराको “सुनैको बिस्तरा” बजारमा (भिडियो सहित)



मनिकला महतारा/जेठ २३ 

विगतको केही समय यता नेपाली गीत सङ्गीतको क्षेत्रको श्रीबृद्धिको लागि समर्पित योग्सना डिजिटल प्रालिले एक पछि अर्को गर्दै निकै उत्कृष्ट गीत सङ्गीतका उत्पादनहरू बजारमा ल्याइरहेको छ । सोही क्रममा पछिल्लो पटक अर्को एउटा मनछुने गीत“सुनैको बिस्तरा” नामक साङ्गीतिक कोसेलिलाई पनि सर्वत्र बजारमा उपलब्ध गराएको छ ।

एक प्रेमी र प्रेमिका बिचको अथाह माया र त्यस भित्र हुने थोरै शङ्कालाई गीतको माध्यममा बुनिएको यस गीतमा अहिलेकी बहुचर्चित गायिका विष्णु माझी र अविरल बोहराको सुमधुर स्वर रहेको छ । रामजी बोहराको प्रस्तुतिमा बजारमा आएको “सुनैको बिस्तरा” बोलको गीतमा लय गणेश अधिकारीको रहेको छ भने शब्द रामजी बोहराको रहेको छ ।

नेपाली गीत सङ्गीतको बजारमा धेरै म्युजिक कम्पनीहरू सञ्चालित रहेका छन् र ती म्युजिक कम्पनीहरूले स्तरीय भन्दा शंख्यात्मक रूपमा गीत सङ्गीतको उत्पादनहरू बजारमा पठाइरहेको अवस्थामा योग्सना डिजिटल प्रालिले भने स्तरीय गीत सङ्गीतलाई नै विशेष प्राथमिकता दिने जानकारी प्राप्त भएको छ । फलस्वरूप “सुनैको बिस्तरा” नामक साङ्गीतिक कोसेलीको स्तरीयता र यस गीतको भावले अत्यन्त धेरै श्रोता दर्शकहरुको मन जित्नेमा कतै शङ्का गर्ने ठाउँ छैन ।

यस गीतको म्युजिक भिडियोमा सारिका के.सी र रामजी बोहराको जीवन्त अभिनय देख्न सकिन्छ ।भिडियोलाई निर्देशन स्मृति तिमिल्सिना “गुरुआमा” गरेकी हुन् भने छायाङ्कन सुरेश श्रेष्ठ र सम्पादन सुजन शाहीले गरेका हुन् ।