रुपन्देही २- एमालेका विष्णु पौडेलले घटाए मतान्तर, घन्टी पहिलो - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

रुपन्देही २- एमालेका विष्णु पौडेलले घटाए मतान्तर, घन्टी पहिलो



बुटवल- रुपन्देही क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका छन् ।

९ सय मत गणना गर्दा स्वतन्त्र पार्टीका गणेश पौडेलले ३ सय ३४ मतसहित अग्रता लिएका छन् भने पहिले तेस्रो नम्बरमा भएका विष्णु पौडेलले मतान्तर घटाएका छन्।

एमाले उपाध्यक्ष समेत रहेका विष्णु पौडेलले २ सय ९३ मतसहित उनलाई पछ्याइरहेका छन् । जनमुक्तिका केशवबहादुर थापाले २ सय २४ मत ल्याएका छन् ।

निर्वाचन आयोगका अनुसार यहाँ ८१ हजार २ सय २ मत खसेको छ । यस क्षेत्रबाट प्रतिनिधि सभामा १५ जना उम्मेदवार छन् ।