अब नेकपाको जिम्मा विष्णु पौडेललाई - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

अब नेकपाको जिम्मा विष्णु पौडेललाई



काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले दल दर्ता जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिने निर्णयसमेत गरेको छ । आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले भदौ मसान्तसम्म दल दर्ता गर्ने समयावधि तोकेपछि नेकपाले दल दर्ता निर्णय गरेकोप्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

२०७४ सालमा निर्वाचन हुँदा बेग्लाबेग्लै दल रहेकाले नेकपाले उपनिर्वाचनका लागि दर्ता गर्नुपरेको हो । त्यस्तै, नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका छन् । बैठकमा पार्टी अध्यक्षसमेत रहेका उनले उपचारपछि आफ्नो अवस्था राम्रो भएको बताए ।‘उहाँले नियमित काम गर्न सक्ने भएको छु भन्नु भएको छ,’ सचिवालय बैठकमा सहभागीएक नेताले भने । सिंगापुरमा दुई साता लामो उपचार गरेर ओली शुक्रबार स्वेदश फर्किएका थिए । त्यहाँ उनको रगतमा रहेको ‘एन्टिबडी’ घटाउन ‘प्लाज्मा फेरेसिस’ गरिएको थियो । प्रधानमन्त्री ओली बुधबार

नेकपाको ६ महानगरपालिका, प्रवास कमिटी र आयोग टुंगो लगाउन बाँकी छ । नेकपानेताबीच भएको अनौपचारिक सहमतिअनुसार ६ महानगरमध्ये काठमाडौं, विराटनगर, पोखरा, भरतपुर पूर्वएमाले तथा ललितपुर र वीरगन्ज महानगरपालिकाको नेतृत्व पूर्वमाओवादीको भागमापर्ने सम्भावना छ । यसैगरी, प्रवास कमिटी इन्चार्ज केन्द्रीय सदस्य विन्दा पाण्डे र सहइन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यद्वय युवराज कार्की र युवराज चौलागाईंलाई दिने तयारी गरिएको छ ।

नेकपा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोग नेतृत्व पनि टुंगो लाग्न बाँकी छ ।प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गरेर फर्किएपछि पहिलोपटक नेकपा सचिवालय बैठक बसेकोहो । प्रधानमन्त्री सिंगापुर जानुअघि भएको सचिवालय बैठकमा अध्यक्षओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद सिर्जना भएको थियो । प्रधानमन्त्री ओली गत ५ भदौमा सिंगापुर गएका थिए । ओली नहुँदा अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक राखेका थिए ।