विष्णु पौडेलले गरे अनलाइन सिस्टम कार्यान्वयन गर्ने निर्णयमा हस्ताक्षर - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विष्णु पौडेलले गरे अनलाइन सिस्टम कार्यान्वयन गर्ने निर्णयमा हस्ताक्षर



काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पदभार ग्रहण गरेका छन् ।

मन्त्री पौडेलले सपथ ग्रहणपछि पदभार ग्रहण गर्दै अर्थ मन्त्रालय र मातहतका निकायका काम डिजिटलाइज गर्ने निर्णय गरेका छन् । उनले अर्थमन्त्रीको पदभार ग्रहण गर्दै अनलाइन सिस्टम कार्यान्वयन प्रणाली लागू गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

मुलुकको अर्थतन्त्र संकटको डिलमा रहेको मन्त्री पौडेलले बताएका छन् । मन्त्री पौडेलले चुनौतीको डिलमा रहेको अर्थतन्त्रलाई सबैको राय दुनियाँको अनुभवलाई लिएर समस्या समाधानमा लाग्ने बताए ।

उनले भने, ‘अर्थतन्त्रका चुनौतीको कारण खोजेर, समाधानमा प्रभावकारी संवाद गर्ने, पहिचान, समाधान गर्नेछु । चिन्तित भएको अर्थ जगतलाई आश्वस्त बनाउन चाहन्छु, हामी समाधान पर्छौं ।’