डा. शेखर कोइराला निकट पोख्रेल सह- महामन्त्रीका बलियो उम्मेदवार - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

डा. शेखर कोइराला निकट पोख्रेल सह- महामन्त्रीका बलियो उम्मेदवार



नेपाल विद्यार्थी संघको आसन्न ११ औं महाधिवेशनका लागि रुपन्देहीका सभापति बिष्णु पोख्रेल  प्रदेश नं. ५ को  सह- महामन्त्रिमा  उठ्ने भएका छन् । राम चन्द्र पौडेलको समूह रहेको मनोजमणि प्यानल बाट उठ्न लागेका पोख्रेल डा. शेखर कोइराला निकटका नेता मानिन्छन् ।

अर्घाखाँचीमा जन्मिएर रुपन्देहीमा रहेर बिद्यार्थी राजनितिमा सक्रियता जनाउँदै आएका युवा तथा जुझारु बिद्यार्थी नेता बिष्णु पोख्रेल सह–महामन्त्रिको रुपमा बलिया उम्मेदबारको रुपमा हेरिएका छन् । बिद्यार्थी राजनितीलाई श्री नेपाल राष्ट्रिय उच्च मा.बि पणेनाको इकाई सभापतिबाट अगाडि बढाई लुम्बिनी बाणिज्य क्याम्पस इकाई सभापति, नेपाल बिद्यार्थी संघ रुपन्देही सदस्य, सचिव र हाल जिल्ला अध्यक्ष रहेका पाख्रेल रुपन्देहीमा रहेर राजनिती गरे पनि राष्ट्रिय रुपमै आफुलाई स्थापित गराउन सक्षम नेताको रुपमा ने.बि.संघ वृत्तमा चर्चा गरिन्छ । राजधानी बाहिर बसेर पनि केन्दिय राजनितीमा बलियो पकड राख्न सक्ने उनको यही बिशेषताले नै उनी यस पटक सह–महामन्त्रिमा जित्न सक्ने धेरैको बिश्वास छ ।

पाख्रेल जिल्लामा आफ्नो संगठनमा मात्र नभएर अन्य बिचार राख्नेहरुका माझमा पनि लोक प्रिय नेताको रुपमा चिनिन्छन् । आफ्नो उमेद्धारी शैक्षिक विकृती र बिसंगतिको बिरुद्ध र नेपाल बिद्यार्थी संघ को सही व्यवस्थापनको लागि भएको पोख्रेलको तर्क छ । बिद्यालय स्तरमै उनी इकाई सभापति रहेको बेला तत्कालिन समयमा जनयुद्धमा रहेको माओवादीको धम्कीको कारण बिस्थापित भई नारायणगढ, पाल्पा हुँदै रुपन्देहीमा आएर आफ्नो सक्रिय राजनितीलाई निरन्तरता दिएका पाख्रेल जिल्लामा हुने जुनसुकै परिवर्तनका आन्दोलनहरुमा नेतृत्व गर्ने हस्ति र सबैको बिश्वास पात्रको रुपमा चिनिन्छन् । उनी बि.स २०५९ देखी २०६२÷०६३ सम्म आन्दोलनको क्रममा प्रहरी दमनसँग जुध्दै १४ पटक हिरासत समेत भोगिसकेका छन् ।

जिल्लामा सम्पन्न भएका संबिधान सभाको चुनावहरुमा उमेद्धारहरुबाट अधिक रुचाइएका पोख्रेल सोही बिश्वासलाई ढग्मगाउन नदिई पार्टीलाई सफलता समेत दिलाउन सक्षम छन् । पार्टीमा पौडेल पक्षका रुपमा चिनिने उनी सह–महामन्त्रिमा पौडेल पक्षको रुपमा भन्दा पनि सबै पक्षको बिश्वास लिएर अगाडि बढेको बताउँछन् । आफुले आजको दिन सम्म पार्टी र संगठनलाई पुराएको योगदान, आफुसँग भएका संगठन सबलिकरणका योजना र संगठन तथा पार्टीले गर्दै आएको बिश्वास नै आफुले जित्ने बलियो आधार रहेको उनको भनाई छ ।

संगठनलाई गुण्डागर्दी,बाहुवलका आधारमा बिद्यार्थी संगठन बलियो हुन्छ भन्ने भ्रमबाट बाहिर लगेर निती र सार्मथ्यका आधारमा अन्य संगठनलाई बलियो बनाउन सकिने पाख्रेलको भनाई छ । बिद्यालय तथा कलेजमा नेपाल बिद्यार्थी संघको नयाँ पुस्ता उत्पादनमा तगारो खडा भएको कुरा उनी पनि स्विकार्छन् , उनी भन्छन् ‘यो समस्या अहिलेको गम्भिर चुनौतीको रुपमा रहेको छ तर यसलाई यस अवस्थाबाट पार लगाउन कै लागि अब केही गर्नुपर्ने बेला भएको छ । अबको नेतृत्वले त्यही कुरालाई अगाडि बढाउँछ ।’ बिद्यार्थी राजनिती भोलीको पार्टीको सफल नेतृत्वको माध्यम पनि भएको ले पार्टीले पनि यो अन्यौलता हटाउनको लागि सहयोग गर्नुपर्ने उनको भनाई छ । नेपाल बिद्यार्थी संघमा पार्टीको हस्ताक्षेप केही हद सम्म भएको स्विकार्दै पोख्रेलले भन्छन् ‘तर हामी आफै सक्षम छौं, हामी पार्टीलाई अभिभावक सम्झन्छौ पार्टीको भुमिका सधै अभिभावकिय हुनुपर्छ’ ।

 

[su_heading] नेपाल विद्यार्थी संघ ११ औँ महाधिवेशन निर्वाचनको प्रदेश नं. ५का उम्मेदवारहरुको अन्तिम नामावली (प्रदेश भित्रका मतदाताहरुबाट पद संख्या १ का लागि)[/su_heading]

1 विष्णु पोख्रेल
2 कमल रेग्मी
3 तिलक लम्साल
4 दिपक प्रसाद लेखक
5 प्रकाश घिमिरे
6 रमेश पाण्डे
7 रवि खनाल
8 लोक प्रसाद खरेल
9 अमृत कुमार पन्थी