उठौ नारी खोजौँ अस्तित्व , जुटौँ हामी तोडौँ विकृति - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

उठौ नारी खोजौँ अस्तित्व , जुटौँ हामी तोडौँ विकृति



विष्णु सापकोटा

गुट , पैसा र ब्यक्तिबादको राजनीति कहिले सम्म ? यदि साच्चीकै हामी महिलाहरू लाहचारी भएर बेबिचारी पुरुषका पछाडि लागेर मात्र आफ्नो राजनीति पद र प्रतिष्ठालाइ जोगाउन र बचाउन चाहन्छौ भने जो कोही पनि राजनीति नगर्दा बेस ? मैले देखेको र भोगेको राजनैतिक पीडा मलाइ मात्र थाह छ। खै त यसलाई बिसाउने ठॉउ कहाछ ? अब महिलाहरूको राजनीति पनि पुरुषले गरिदिने भए पछि हामी महिलाहरूको के अस्तित्व ? के हामी फेरी पनि हिजकै स्थानमा फर्केर चुपचाप बस्न सक्छौ त ? अब हाम्रो लडाइ पुरुष सँग मात्र होइन की पुरातन सोच बाट ओतप्रोत महिला पुरुष दुवै जना सँग हुनेछ ।

जसरी कोमलताको प्रतीक नारी हो भन्ने पहिचान बोकेका हामी नारी कठोरताको चट्टान बनेर परिचय दिने समय आएकोछ । यो समयको माग हो । यदि हामी नारीहरू यसको सदुपयोग गर्दै हाम्रो ममता र नयॉ नयॉ स्वरूपका दासत्वहरू स्वीकार्यता लाई अब हामी तोड्नै पर्छ । यसलाई तोडेर अगाडि फड्को मार्ने जुक्ति अपनाउदै महिला हक अधिकारका सवालमा हाम्लाइ साथ दिएर बोल्न चाहने केही तेस्ता पुरुष भएमा सहयोग र सदभाबको साथ लगाएत हामी सँपूर्ण महिलाहरू गोलबदध हुनैपर्छ।

के राजनीति पैसा हुने ले मात्र गर्ने हो त ? के महिलाहरू पुरुषको इसारा बिना केही गर्न सक्दैनन् ? ३३ प्रतिशतको आरक्षण कोटामा पनि के ठुला बडाकी श्रीमती हुनु पर्‍यो । कि त आफ्नो नैतिकता र अस्तित्व सँग प्रेम साटेर प्रेमिका बन्नु पर्‍यो। यॉहा राजनीति जागरण र समावेशी भन्दा पनि बिथिति भएकोछ । कसले उठाउने यी कुराहरू ? आफू लाई राजनीतिज्ञ र सक्षम ठान्ने महिलाहरू पनि भोलीको राजनीति हिस्सा खोशिएला की , म बाहेक अरू कोही हुन्छ की भन्ने डर ले उल्टै चाकडी र चाप्लुसी तिर ढल्केको देखियो । अब आरक्षण भन्दा पनि महिला पुरुष बराबरी हिस्सामा लड्नका लागी हामी महिलाहरू तयार हुन जरुरी छ ।

आखिर आरक्षण कोटा बाट अवसर पाएका महिलाहरू ले महिलाहरूकै लागी छुट्टै के पो गर्न सके र खै ? यसको मत्लब दया र लडाइमा धेरै फरक छ। महिलाहरू आफ्नो हक अधिकार र अस्तित्व को लडाइ लड्नै पर्छ। यदि हामी लाचार भएर आफू मात्र सफल हुने उद्धेश्यले कुनै एउटा अमुक व्यक्ति र अमुक गुटका पछाडि लाग्यौ भने हाम्रो आन्दोलन अर्थहिन मात्र होइन की पुन: दासत्व स्वीकार्न पर्नेछ। यॉहा प्रश्न व्यक्ति विशेष भन्दा पनि अस्तित्व सँग गएर जोडिन्छ । चिप्ला कुरा र मौसमी भाषणमा अल्मलाइएका सीमित हामी नारीहरू औलामा गन्नेले मात्र केही अवसर पाएकाछौ । त्यसैमा पनि कृपा र आशिरबाद किन जोडिन्छ ? के यो पनि पैसा र गुट बाट अछछुतो छैन ? यदि छैन भने याहॉ पाटी विशेषको नारा होइन आधा शक्ति ती महिला जो तिम्री आमा , दिदी बहिनी , जीवनसँगिनी र छोरी सँग जोडिएका कुरा गर। बाध्यता र बिबसतामा परेका घरबार बिहिन सडक बालबालिका का कुरा गर।

मॉया प्रेम लोभलालच र प्रलोभन मा फसेर बेचेएकी ती बेबारिसे चेलीहरूको बारेमा कुरा गर । घरेलुहिँसा र दाइजो प्रथा बाट प्रतापीड महिलाहरूको बारेमा कुरा गर । याहॉ ठुला ठुला धाक धक्कु र बेइमानीका कुरा नगर। यो हाम्रो राष्ट्रिय नारा बनाउन जरूरीछ।

 

सभापति
नेपाल महिला सङ्घ गुल्मी