विष्णु माझीको उत्कृष्ट स्वरमा“तिम्रो नामको” गीत सार्वजनिक(भिडियो सहित) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

विष्णु माझीको उत्कृष्ट स्वरमा“तिम्रो नामको” गीत सार्वजनिक(भिडियो सहित)



समीर प्रकाश पाण्डे/चैत्र ८

केही दिन अगाडि मात्र बजारमा निकै नै मर्मस्पर्सी शब्दहरू र उत्कृष्ट स्वरमा “तिम्रो नामको” गीत युटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।

गीतमा अभिनय चर्चित अभिनेत्री सम्पदा बानिया र हेमन्त खत्रीको रहेको छ । लामो समय देखि लोक सङ्गीतको क्षेत्रमा चर्चा बटुलेकी चर्चित गायिका विष्णु माझी र सूर्य खड्काले गीतमा स्वर भरका छन् भने बहु प्रतिभाका धनी तथा म्युजिक भिडियोका गीतको मोडल हेमन्त खत्रीको मन छुने लय तथा शब्द सजाउनु भएको छ ।

मालति डिजिटल प्रालि ले बजारमा पठाएको उक्त गीतले संगितपारखी हरुको मन जित्न सफल हुन् प्रवन्धक तथा सङ्गीतकार रामु खडकाको भनाई छ ।