विश्वप्रकाश शर्मा विजय नजिक - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

विश्वप्रकाश शर्मा विजय नजिक



झापा १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा जित नजिक पुगेका छन् । उनले निकै फराकिलो अग्रता बनाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका शर्माले ११ हजार ३८५ मतका साथ अग्रता लिइरहेका छन् ।

उनलाई पछ्याइरहेका एमालेका अग्नि खरेलले ७ हजार ८६ मत पाएका छन् ।

शर्मा र खरेलबीचको मतान्तर ४ हजार २९९ छ । महामन्त्री शर्माको जित निश्चित भएको भन्दै बधाई समेत दिन थालिएको छ ।