कार्की र चुडालको इजलासमा तुहियो विश्वराजको सपना - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कार्की र चुडालको इजलासमा तुहियो विश्वराजको सपना



काठमाडौं- प्रहरी सेवामा एकाएक छलाङ मारेर उच्च पदमा पुगेका एआईजी विश्वराज पोखरेलको भाग्यको ढोका बन्द भएको छ । सर्वोच्च अदालतले उनको आइजीपी बन्ने ढोका बन्द गरिदिएको हो ।

पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएसँगै उनको आइजीपी बन्ने सपना तुहिएको हो । १८ वैशाखमा मन्त्रिपरिषद्ले वरीष्ठता मिचेर धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए।

सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले पोखरेलको मुद्दा खारेज गर्ने फैसला गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले पौडेलले जानकारी दिए।

यस्तै यसअघि तीन डीआईजीले दायर गरेको मुद्दा पनि खारेज गर्ने फैसला भएको छ।