कांग्रेस प्रवक्ता शर्मालाई लक्षणसहितको कोरोना संक्रमण - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कांग्रेस प्रवक्ता शर्मालाई लक्षणसहितको कोरोना संक्रमण



काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । उनलाई लक्षण सहितको संक्रमण देखिएको छ ।

ज्वोरो र जिउ दुखेपछि परिक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ देखिएको बताएका छन् । आफूलाई लक्षण सहितको संक्रमण भएको शर्माले सामाजिक संजालमार्फत जनाकारी दिएका छन् ।

संक्रमण देखिएपछि डेरामै आइसोलेसंमा बसेको उनले बताएका छन् । सबैलाई सतर्क र सजग रहन उनले अनुरोध समेत गरेका छन् ।

उनले लेखेका छन्,

ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी Star Hospital पुगेर स्वाब दिएं, बिहानिपख रिपोर्ट आयो-पोजेटिभ । टेकुका डा. मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु । डेरामै आइसोलेसनमा छु । लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ ।

सबैलाई विनम्र आग्रह छ – सजग बनौं !