एमसीसीको समर्थन गर्दा विश्वप्रकाश विवादमा तानिए - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

एमसीसीको समर्थन गर्दा विश्वप्रकाश विवादमा तानिए



काठमाडौं- प्रखर र युवा नेता भनिएका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा समेत विवादित एमसिसीको पक्षमा उत्रिएका छन् । पहिले यसबारे खासै नबोलेका शर्माले अहिले भने खुलेरै समर्थन गरेका छन् ।

देशको सार्वभौमिकता र राष्ट्रियता नै खतरामा पर्ने देखिएको एमसीसी परियोजनाको शर्माले आइतबार खुलेरै समर्थन गरे । विज्ञहरूले समेत यसका कतिपय बुँदा राष्ट्रको हितमा नरहेको बताइरहेकाबेला शेरबहादुर देउवा र केपी शर्मा ओलीकै लाइनबाट शर्माले यसको बचाउ गरेपछि उनको चौतर्फी आलोचना सुरू भएको छ ।

जसरी पनि पास गराउले अभियानमा लागेका शेरबहादुर देउवा र केपी शर्मा ओली विवादमा परिने डरले पछिल्लो समय बोल्न छाडेका छन् तर संसदबाट कुनै पनि हालतमा पारित गराउने लाइनमा उनीहरू छन् ।

शर्माले एम्सीसीको बचाउ गर्दै, पास भए अमेरिकी सेना नेपाल पस्ने कुरा निराधार भएको समेत बताउन भ्याएका छन् । निकै सालिन र अध्ययन गर्ने नेताको रूपमा देखिएका उनि एमसीसीकै कारण एकाएक विवादमा तानिएका छन् । सामाजिक संजालमा उनलाई हिस्सा पाएपछि बोल्न सुरू गरेको समेत आरोप लगाउन सुरू गरिएको छ ।

श्रीलंकालगायतका अन्य देशहरूले एमसीसी परियोजना राष्ट्र हित विपरित भएको भन्दै फिर्ता नै गरिसकेको समयमा विश्वप्रकाश जस्तो नेताले यसको संरक्षण गर्नुलाई झनै चासोको दृष्टिले हेरिएको छ ।

शर्माले एमसीसीको बचाउ गर्दै भनेका छन्, ‘अमेरिकाले विश्वका कुनै पनि मुलुकमा अनुमति मागेर प्रवेश गरेको छैन, इराकमा पनि अनुमति लिएर प्रवेश गरेको होइन । अमेरिकी सेना पस्ने हल्ला निराधार हो,’ कांग्रेस झापाले आइतबार आयोजना गरेको कार्यक्रममा प्रवक्ता शर्माले भने ।

उनि यत्तिमै रोकिएका छैनन्, अगाडी भनेका छन्, सुनेको भरमा टिप्पणी गर्ने प्रचलनले एमसिसी गलत हो भन्ने आमजनधारणा बनेको उनको दाबी छ । मुलुकको विद्युत् प्रसारण लाइन विस्तार, उत्पादित बिजुली बिक्री–वितरणका लागि एमसिसी परियोजना लाभदायी हुने दाबी शर्माले गरेक छन् ।