रक्सी खाएर वितण्डा गर्ने कांग्रेस गाउँ समिति सभापति पक्राउ - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

रक्सी खाएर वितण्डा गर्ने कांग्रेस गाउँ समिति सभापति पक्राउ



काठमाडौं- रक्सीको नशामा होहल्ला गर्ने नेपाली कांग्रेस विजयनगर गाउँ समिति सभापति जानकीप्रसाद यादवलाई प्रहरीले नियन्त्रण लिएको छ । विजयनगर गाउँपालिका- ६ खरेनी चोकमा यादवले स्थानीयसँग झगडा गरेको प्रहरीले जनाएको छ ।

पदको धम्की दिँदै झगडा गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बुधबार राति ९ बजे तिर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

घटना स्थलमा इलाका प्रहरी कार्यालय गणेशपुरको प्रहरी पुगेपछि ड्युटीमा खटिएका प्रहरीलाई समेत उनले अभद्र व्यवहार गरेका थिए । यादवले प्रहरी निरीक्षक रणबहादुर विष्टलाई फोन गरी गाली गर्ने र थर्काउन लागेपछि नियन्त्रणमा लिई प्रहरी कार्यालयमा पुराएको प्रहरीले जनाएको छ ।

प्रहरीले राजनीतिक दबाबका कारण उनलाई एक घण्टा भित्रै नियन्त्रण मुक्त गरेको थियो । यादवलाई नियन्त्रणमा लिई छाडेको प्रहरी निरीक्षक विष्टले स्वीकार गरेका छन् ।

पक्राउ परेका यादव नेपाली कांग्रेसको असोजमा सम्पन्न गाउँ अधिवेशनबाट गाउँ समिति सभापतिमा विजयी भएका थिए । उनी गौतम बुद्ध साझेदारी वनका अध्यक्षसमेत हुन् ।

घटनाको विषयमा सभापति यादवसँग सोधपुछ गर्दा गलत आरोपमा फसाएको दाबी गरेका छन् ।