बिउ उत्पादन तालिम सम्पन्न - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बिउ उत्पादन तालिम सम्पन्न



घनश्याम पौडेल / मसुरिया,कैलाली ।

सामुदायिक बिउ बैंक मसुरियाको आयोजनामा १ दिने बिउ उत्पादन तालिम आज सम्पन्न भएको छ।

ली-वड शाखा कार्यालय मसुरिया बाट संचालित जिविकोपार्जन सुधार तथा समानुकुलन क्षमता अभिवृद्धि परियोजना अन्तर्गत बिउ उत्पादन गर्दै आएका किसानहरूलाई तालिम दिईएको थियो । २२ जना कृषकहरुको सहभागिता रहेको तालिमको सहजीकरण ली-वड का प्राविधिक अधिकृत मनमाया गुरुङले गर्नु भएको थियो ।

तालिममा बिउको गुणस्तर,व्याडको तयारी, मल प्रयोग को मात्रा, बिउ दर, बेर्ना उखेल्ने समय, रोप्ने समय , रोप्ने तरीका, सिंचाईको साथै बाली निरिछण गरी उच्चस्तरीय बिउ उत्पादन गर्ने विधिका विषयमा सहभागीहरुलाई जानकारी दिइएको छ ।