भारतीय कम्युनिष्ट पार्टीका नेता पक्राउ परेपछि भाजपा बिबादमा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

भारतीय कम्युनिष्ट पार्टीका नेता पक्राउ परेपछि भाजपा बिबादमा



एजेन्सी- भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरी र नेता डि राजालाई शुक्रबार पक्राउ परेका छन् । विवादास्पद जम्मु–कश्मीरतर्फ जाने क्रममा श्रीनगर विमानस्थलबाट सरकारी सुरक्षाकर्मीहरुले पक्राउ परेका हुन् ।

जम्मु कश्मीर क्षेत्रका आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरूलाई भेट्न गएका बेला उनीहरु पक्राउ परेको द वायरले जनाइएको छ । आफ्ना नेता पक्राउ परेको घटनाप्रति भाकपाले विरोध जनाउँदै भारतीय जनता पार्टी (भाजपा) को सरकार ‘तानाशाही’ भएको आरोप लगाएको छ ।

जम्मु–कश्मीर राज्यलाई केन्द्र मातहत ल्याउने भारत सरकारको निर्णयका विरुद्धमा भारतीय कम्युनिष्ट पार्टीका नेताहरुले प्रदर्शन गर्दै आएका छन् । उनीहरू जम्मु कश्मीर राज्यको अधिकार खोसिएको भन्दै विरोधमा उत्रिएका हुन् ।

भारतको केन्द्रीय सरकारको पछिल्लो निर्णय प्रजातन्त्र विरोधी भएको पनि उनीहरुको भनाई छ ।

भाकपा महासचिव यचुरी र अर्का नेता राजाले जम्मु कश्मीर भ्रमणका क्रममा आफूलाई कुनै अवरोध नहुने वातावरण बनाउन आग्रहसहित जम्मु–कश्मीरका गभर्नर सत्यपाल मलिकलाई पत्राचार गरेका थिए ।

येचुरीले पार्टीको लेटरहेडमा जम्मु–कश्मीरका राज्यपाल मलिकलाई लेखेको पत्र सामाजिक सञ्जाल ट्विटरमा सेयर गरेका थिए । पत्रमा उनले मलिकसँग आफू, भारतीय कम्युनिष्ट पार्टीका नेता (भाकपा) नेता राजा, युसुफ तारीगामीसँग भेट गर्न जाने निश्चित भएको उल्लेख गरेका थिए ।

यसअघि कांग्रेस नेता गुलाम नाबी अजादलाई पनि बिहीबार श्रीनगर विमानस्थलबाट जम्मु–कश्मीर क्षेत्रमा जान नदिएर केन्द्रीय राजधानीतर्फ नै फिर्ता पठाइएको थियो ।

संविधानबाट जम्मू–कश्मीरलाई विशेष सुविधा दिँदै आएको धारा ३७० खारेज गरिएपछि भारतसहित छिमेकी देशहरुमा तरङ्ग फैलिएको छ ।