हिन्दु राष्ट्रको माहोल बनाउन भाजपा नेता नेपालमा - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

हिन्दु राष्ट्रको माहोल बनाउन भाजपा नेता नेपालमा



काठमाडौं- भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका नेता डा दिनेश उपाध्याय नेपाल आएका छन् । उनी हिन्दू राष्ट्रका लागि जनमत संग्रहको माहोल बनाउन नेपाल आएको बुझिएको छ ।

बुधबार एक साक्षात्कार कार्यक्रम गर्दै उनले नेपाल हिन्दू राष्ट्र हुनुपर्नेमा जोड दिँदै यस विषयमा नेपालमा जनमतसंग्रह गरिनुपर्ने बताए ।

उनले हिन्दू धर्म नेपालको राजनीतिक विषय नभएको जिकिर गर्दै हरेक नेपालीले हिन्दू राष्ट्र चाहेको बताएका थिए । नेपाल भ्रमणमा रहेका उपाध्यायले जनमतसंग्रह राजनीतिको विषय नभएर जनताको विषय भएकोले यसमा जानैपर्ने बताए ।

यसअघि पनि स्सुमधुर सम्वन्ध भएको नेपाल र भारतबीच ऐतिहासिक र बहुआयामिक सम्बन्ध रहेकोले आगामी दिनमा पनि दुई देशबीच सुमधुर सम्बन्ध हुने उनको भनाइ थियो ।

नेपालको राजनीतिक मामिलामा भारतले कहिल्यै पनि हस्तक्षेप नगरेको र नगर्ने स्पष्ट पार्दै उनले राजनीतिमा धर्म हुनुपर्ने तर धर्ममाथि राजनीति गर्न नहुने बताए ।