भाजपा नेतामाथि गोली प्रहार, अस्पताल लैजाँदै गर्दा मृत्यु - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

भाजपा नेतामाथि गोली प्रहार, अस्पताल लैजाँदै गर्दा मृत्यु



काठमाडौं- भारतीय जनता पार्टीका नेतामाथि गोली प्रहार भएको छ । भारतीय संचारमाध्यमका आनुसार जम्मू-कश्मीरको पुलवामा जिल्लामा भारतीय जनता पार्टीका भाजपा पार्षद राकेश पण्डित मारिएका छन् ।

२ सुरक्षाकर्मी सधैं साथमै हुने भाजपा पार्षद पण्डितलाई पुलवाको चरमपन्थी समूहका तीन व्यक्तिले भाजपा गोली हानेका हुन् । घटना पुलवामाको त्राल पायीन क्षेत्रमा भएको हो ।

सुरक्षा गार्डबिनै साथीलाई भेट्न गएका बेला गोली लागेका पण्डितलाई अस्पताल लगिएको थियो । त्यहाँ उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । घटनामा पण्डितका साथीकी छोरी पनि घाइते भएकी छन् ।